Skip to main content

नयाँ तृष्णा

अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

Advertisement
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि., बाहुनडाँगीको २२औं वार्षिक साधारण सभा मंगलबार एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा अर्ग्यानिक तरकारी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सदस्यहरूले उत्पादन गरेको अचार ‘मायाको चिनो’ का रूपमा वितरण गरिएको थियो । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीकी अध्यक्ष टुका देवी दाहालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ठाकुरप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तिलजा देवान, पूर्व जिल्ला समन्वय सदस्य गंगादेवी कार्की, वडा सदस्यहरु सीता विक, सीता मोते, धनमाया कोइरालालगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष पुण्डेप्रसाद निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मुख्य प्रबन्धक पोषककुमार दर्जीले गरेका थिए । २०५३/०३/३१ मा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता गरी २०५३/१०/०१ देखि साना किसान विकास आयोजनाको सम्पूर्ण कारोबार तथा व्यवस्थापनमा शुरु गरेको संस्थाको मेचीनगरका ५ वटै वडामा कार्यक्षेत्र रही २३९ समूह भित्र १३६४ घर परिवारलाई आबद्ध गरेको छ । संस्थाले सदस्यहरुको हितका लागि लघु कर्जा, पशुपालन कर्जा, ग्रामीण उद्यम कर्जा प्रदान गर्दे आएको छ । १६ करोड ६४ लाख ४७ हजार ३ सय ४४ कुल वासलात रहेको संस्थाले यस वर्ष ४० लाख ५९ हजार ७ सय २८ मुनाफा गरेको छ । संस्थाको १ करोड ९१ लाख २८ हजार २ सय रुपैयाँ शेयर पूँजी रहेको छ भने बचततर्फ ४ करोड ६८ लाख ४२ हजार रहेको छ । संस्थाले १२ करोड ७ लाख ८३ हजार २ सय ७३ ऋण लगानी गरेको छ । संस्थाको आर्थिक सहयोगमा पशुपालन गर्ने ४२ जना कृषक सदस्यलाई गाई भैंसी पालन सम्बन्धी तालिम तथा ७० जनालाई क्षमता विकास तालिम सञ्चालन गरिएको छ । सस्थाले सुत्केरी पोषण कार्यक्रम, पशु नश्ल सुधार कार्यक्रम, मृत्यु राहत तथा समवेदना कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । कार्यक्रममा सामुदायिक विद्यालयमा एसर्ईई पास गर्ने विद्यार्थी समूह नं. १५१ की सदस्यकी छोरी सञ्जीवनी क्षेत्री लुइँटेलले ३.९६ जिपिए प्राप्त गरेकाले रु २१००।– तथा +२ मा समूह नं. ११९ की सदस्य सरिता खतिवडाकी छोरी सलिना खतिवडाले ३.०६ जिपिए प्राप्त गरेकाले रु ३,१००।– छात्रवृत्ति पुरस्कार वितरण गरेको छ ।
संस्थामा कारोबार गर्ने जेष्ठ सदस्यहरु समूह नं. ३० की सदस्य गंगादेवी कार्की र समूह नं. ११० का सदस्य सोमनाथ गौतमलाई ज्येष्ठ सदस्य सम्मान गरिएको छ भने उत्कृष्ट ऋणीतर्फ गीता थापा समूह नं. ९०, उत्कृष्ट बचतकर्तातर्फ जीवनकुमार दर्जी समूह नं. १२, उत्कृष्ट अन्तर समूहतर्फ अन्तर समुह ३, उत्कृष्ट समूहतर्फ समुह नं. ९६ लाई नगदसहित सम्मान गरिएको छ । संस्थाले आगामी वर्षदेखि ६५ वर्षमाथिका महिलालाई मातातीर्थ औँशी र ६५ वर्षमाथिका पुरुषलाई बुवाको मुख हेर्ने दिन सम्मान गरिने जनाएको छ । संस्थाले २९ औँ वार्षिक उत्सवमा मेचीनगर–७ स्थित समाज कल्याण सुधार युवा संघमा आश्रित बालबालिकाहरुलाई विद्यालय पोशाक तथा खाद्यान्न उपलब्ध गराइएको थियो । साना किसान कृषि सहकारी संस्था लि., बाहुनडाँगी अर्ग्यानिक कृषि, वित्तीय सशक्तिकरण र सामाजिक जिम्मेवारीका क्षेत्रमा उल्लेखनीय भूमिका निभाउँदै आएको छ । यस सहकारीले सामुदायिक विकासमा पुर्‍याएको योगदान अन्य सहकारी संस्थाहरूका लागि पनि अनुकरणीय बन्न पुगेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्बन्धी निर्देशन अनुसार संस्थाको साधारण सभामा गैर सदस्यलाई अतिथिमा आमन्त्रण नगरिएको संस्थाका मुख्य प्रबन्धक पोषककुमार दर्जीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...