Skip to main content

नयाँ तृष्णा

Day: २०८३ कार्तिक ७, शुक्रबार

विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

 काठमाडौँ , नेपाल यू-१९ महिला क्रिकेट टोली आगामी आईसीसी महिला यू-१९ टी-२० विश्वकप तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यू-१९ महिला क्रिकेट टोलीले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने बेल्ट एन्ड रोड यू-१९ गर्ल्स टी-२०आई प्रतियोगितामा सहभागिता जनाउने भएको हो। उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, हङकङ र थाइल्यान्डका टोली सहभागी हुनेछन्।  त्यसैगरी भारतको बैङ्गलोरमा नोभेम्बर १० देखि २२ सम्म आयोजना हुने त्रिदेशीय शृंखलामा पनि नेपाल यू-१९ महिला क्रिकेट टोलीले सहभागिता जनाउनेछ। उक्त शृंखलामा नेपाल यू-१९ महिला टोली, भारत यू-१९ महिला 'ए' टोली र भारत यू-१९ महिला 'बी' टोलीबिच प्रतिस्पर्धा हुनेछ।
Read More