Skip to main content

नयाँ तृष्णा

Day: २०८३ आश्विन ६, मंगलवार

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका बाढीपीडितहरूको उद्धार तथा राहतका लागि रु. २ लाख ५६ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ। सङ्गतिमा आबद्ध सदस्यहरूबाट सङ्कलित उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।सङ्गतिकी कोषाध्यक्ष उमा केसीका अनुसार, प्रवासमा रहेका नेपाली सदस्यहरूको सामूहिक प्रयास र ऐक्यबद्धताबाट यो रकम सङ्कलन गरी प्रक्रियागत रूपमा पठाइएको हो। त्यस्तै, सङ्गतिकी अगुवा माला श्रेष्ठले देशमा आइपर्ने हरेक विपत्ति र कठिन परिस्थितिमा नेपाली इसाईहरू सदैव अग्रपङ्क्तिमा उभिने बताउनुभयो। "देशका लागि निरन्तर प्रार्थनासँगै आफ्नै सानो प्रयासबाट सहयोग रकम पठाउन पाउँदा सम्पूर्ण सङ्गति परिवार भावुक…
Read More