५ भाद्र २०८३, शुक्रबार , मौसम परिवर्तनसँगै अहिले धेरै मानिसमा रुघाखोकी, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने तथा शरीर गल्ने समस्या देखिन थालेको छ। सामान्य रुघाखोकी र भाइरल ज्वरोका लक्षण एकअर्कासँग मिल्ने भएकाले कतिपय अवस्थामा छुट्याउन गाह्रो हुन्छ। मौसमी रुघाखोकी हुँदा प्रायः नाकबाट पानी बग्ने, नाक बन्द हुने, लगातार हाछ्युँ आउने, घाँटी खसखसाउने र खोकी लाग्ने हुन्छ। ज्वरो भए पनि सामान्यतया हल्का हुन्छ। भाइरल ज्वरोमा भने शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान हुने, जाडो लाग्ने र खोकी वा घाँटी दुख्ने जस्ता लक्षण देखिन सक्छन्। ज्वरो र शरीर दुखाइ तुलनात्मक रूपमा बढी हुन सक्छ। तर यी लक्षणका…