विशेष खोज, – होमराज राई, यो पृथ्वीको सबैभन्दा जिज्ञासु, सबैभन्दा चेतनायुक्त, र सायद सबैभन्दा विरोधाभासी प्राणी मानिस......!, । उसले आफ्नो बुद्धि, कल्पना, विज्ञान र अथाह इच्छाशक्तिको बलमा प्रकृतिलाई चुनौती दियो। उसले अन्धकार चिरेर प्रकाश निकाल्यो। समुद्र चिरेर महादेशहरू जोड्यो। आकाश नाप्यो, चन्द्रमामा पाइला टेक्यो, र अन्तरिक्षको असीम शून्यतामा आफ्नो अस्तित्वको छाप छोड्ने साहस गर्यो। उसले रोगहरूसँग युद्ध गर्यो, समयलाई घडीभित्र बाँध्यो, विद्युत् निर्माण गर्यो, परमाणुको रहस्य चिर्यो, कृत्रिम बुद्धिमत्तालाई जन्म दियो। उसले धर्म निर्माण गर्यो, दर्शन सिर्जना गर्यो, साहित्य लेख्यो, संगीतलाई आत्माको भाषा बनायो, र सभ्यतालाई इतिहासको महानतम उपलब्धिमा रूपान्तरण गर्यो। मानिसले पृथ्वीको स्वरूप नै बदलिदियो। तर एउटा सत्यको स्वरूप भने…