Skip to main content

नयाँ तृष्णा

खेलकुद

यूएईलाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट

यूएईलाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट

२८ कात्तिक, काठमाडौं । नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भएको हो । यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउदै ८३ रनमा रोकेको थियो । यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुदै छ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो…
Read More
विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल

विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग भिड्दै नेपाल

१९ कार्तिक, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै छ। यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुने छ। सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो। सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको शानदार जित निकालेको छ। अघिल्लो खेलमा विजयी भएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा उत्रने छ।
Read More
नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को दौडको उपाधि

नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को दौडको उपाधि

१७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रियस्तरमै चर्चित नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को रेसको उपाधि जितेकी छन् । सुनमायाले शनिबार भएको एसियाकै प्रतिष्ठित र ठूलो रेस टिसाइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चिनियाँ धावक दोस्रो र तेस्रो भए । दुई सातामा सुनमायाले चीनमा जितेको यो दोस्रो रेस हो । यसअघि उनले कात्तिक पहिलो साता भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् । यस्तै सुनमाले चीनमा जितेको यो तेस्रो उपाधि हो । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् ।…
Read More
नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन

नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन

१४ कार्तिक, काठमाडौँ । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको हो । यसअघि बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो । खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् । योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ ।  बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई…
Read More
बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

१४ कार्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी  मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो ।
Read More
भारतलाई हराउँदै नेपाल फाइनलमा

भारतलाई हराउँदै नेपाल फाइनलमा

११ कार्तिक, झापा । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो…
Read More
नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा

नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा

८ कार्तिक, काठमाडौँ ।  नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी कुमारी घिसिङले एक एक गोल गरेका थिए । यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी समुह बी बाट श्रीलंका…
Read More
माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

५ कार्तिक, काठमाडौँ ।  नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो । नेपालको सामु माल्दिभ्सको टिम निरीह जस्तो देखिएको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल गरेकी थिइन् भने प्रिती राईले ३ गोल गरेकी थिइन् । त्यस्तै अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक एक गोल गरेका थिए । यो जितपछि समूह बी मा रहेको नेपालको ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । समूह बी मा भुटानको पनि ४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो…
Read More
राेलिङ च्यालेन्ज कपमा सम्राट स्पार्टिङको शानदार जित

राेलिङ च्यालेन्ज कपमा सम्राट स्पार्टिङको शानदार जित

५  कात्तिक, मेचीनगर । झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा उत्कृष्ट खेल खेलेको मोरङको सम्राट स्पोर्टिङ क्लब प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा पाहुना टोली भारतको सुकुना युनाइटेड एफसीमाथि सहज जित निकाल्दै सम्राट अन्तिम चारमा प्रवेश गरेको हो । सम्राटले पश्चिम बंगालको सुकुनालाई ५–२ गोल अन्तरले हराएको हो । खेलको छैटौँ र ३८ औँ मिनेटमा सम्राट स्पोर्टिङका लागि उमेश कार्कीले गोल गरे । त्यस्तै, १२ औँ मिनेटमा भुवन बस्नेतले एक गोल गरे भने खेलको अतिरिक्त समयमा दोर्जे तामाङ र अञ्जन ठकुरीले एकएक गोल गरे । सुकुना युनाइटेडका लागि…
Read More
रोलिङ च्यालेन्जकपमा आयोजकको शानदार सुरुवात

रोलिङ च्यालेन्जकपमा आयोजकको शानदार सुरुवात

३ कार्तिक, मेचीनगर,। आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा आज रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई ५–२ गोल अन्तरले हराउँदै शानदार जित निकाल्यो । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको नवौँ मिनेटमा रोलिङका उत्सव राईले गोल गर्दै अग्रता दिलाए । त्यस्तै, खेलको २५ औँ मिनेटमा रोलिङका आशिष चापागाईंले दोस्रो गोल गरेका थिए । खेलको ४० औँ मिनेटमा रोलिङका कप्तान निरज कार्कीले अर्को एक गोल गरे । खेलको ५८ औँ मिनेटमा उत्सव राईले व्यक्तिगत दुई तथा टिमका लागि चौथो गोल…
Read More