फरिसीहरुले येशूलाई भने, कैसरलाई कर तिर्न‘ उचित हो कि होइन ? येशूले तिनीहरुलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन् ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ ।” मत्ती २२ः२१
वि.सं. २०६३ सालमा नेपालमा गणतन्त्रको स्थापना भयो । ०६४ मा संविधानसभाको चुनाव भयो । त्यो नेपालको इतिहासमा पहिलो संविधान सभा थियो । त्यसबेला नेपालको राज्यपुर्नसंरचनाको बहस तातिएको थियो । त्यसअघि नेपाल एकात्मक केन्द्रीकृत सामन्ती राजतन्त्रात्मक हिन्दू अधिराज्य थियो । नेपालको राजनीतिमा हिन्दू धार्मिक सत्ता कायम भएको थियो । त्यसले अन्य धार्मिक समुदायमाथि अन्याय अत्याचार गरेको थियो । त्यसैले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउनका लागि व्यापक बहस, छलफल र पहल भयो । २०७० सालमा गठन भएको दोस्रो संविधानसभाले २०७२ सालमा नेपालको संविधान निर्माण ग¥यो र त्यसले मूलतः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई संस्थागत गरेको छ । यसैले नेपालमा धर्मनिरपेक्षताको विषयलाई लिएर अतिहिन्दूवादीहरुले इसाई समुदायलाई लक्षित गरेर विभिन्न प्रहारहरु भइरहेका छन् । वास्तवमा राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा इसाई धार्मिक समुदायको जनसंख्या ५ लाख १२ हजार ३१३ अर्थात् पुरा जनसंख्याको १.७६ प्रतिशत रहेको छ । नेपालमा हिन्दु ८१.१९ प्रतिशत, बौद्ध ८.२१, इस्लामा ५.९ प्रतिशत, किरात ३.१७ प्रतिशत, प्रकृति ०.३५, बोन ०.२३, जैन ०.०१, शिख र बहाई धर्म मान्ने पनि केहि मात्रामा देखिन्छन् । यस अनुपातमा हेर्दा नेपालमा धार्मिक जनसंख्याको हिसावमा हिन्दू, बौद्ध, मुस्लिम र किरात पछि पाँचौ स्थानमा इसाईहरुको जनसंख्या रहेको छ । जनगणना अनुसार २ लाख ४० हजार २०६ जना पुरुष र २ लाख ७२ हजार १०७ जना महिला इसाई रहेको तथ्याङ सार्वजनिक भएको छ । यसैले नेपालमा जम्मा २ प्रतिशत पनि इसाईहरु पुगेको अवस्था छैन । बांकी ९८.२४ प्रतिशत मानिसहरु इसाई मतको विपक्षमा वा अन्य धार्मिक मूल्यमान्यतामा रहेका छन् ।
यस्तो अवस्थामा २०६३ सालको अन्तरिम संसदमा तत्कालिन नेकपा (माओवादी) ले सांसदका लागि राज्यबाट पछाडि पारिएका वर्ग, समुदाय र क्षेत्रका मानिसहरु छान्नेक्रममा इसाई समुदायबाट १ जना प्रतिनिधि माग गरेको थियो । त्यसमा इसाई समुदायका अगुवाहरु ५ जनामध्ये कोहीकसैले नछोड्ने अडान राखेपछि माओवादीले इसाई भित्रको एकरुपता नभएको देख्यो र त्यो कोटा अर्कै कलस्टरमा दियो । त्यहाँदेखि २०६४ सालमा संविधानसभामा इसाईहरुको प्रतिनिधित्वका लागि केहि अगुवाहरु बैठक बसेर साझा प्रतिनिधिका रुपमा एकनाथ ढकाललाई उमेद्वार बनाए । ढकाल इसाई थिएनन् तर उनी कोरियन मिसन झुटा शिक्षासँग साँठगाँठ गरेर भ्रमको खेती गर्न निकै माहिर थिए । उनले नेपाल परिवार दल नामक पार्टी स्थापना गरेर देशका विभिन्न इसाईहरुको समेत मतका आधारमा संविधानसभा सदस्य बने । एकनाथको प्रचारका लागि केही अगुवाहरु नेपाली इसाई मण्डलीहरुमा निकै जोडतोडले परिचालित भए । त्यसपछि २०७० मा फेरी दोस्रो पटक संविधानसभाको चुनाव भयो, त्यसमा लोकमणी ढकाल संविधानसभा सदस्य बने । जनजागण पार्टीको स्थापना गरेर उनी संविधानसभा सदस्य बने । तत्कालिन संविधान सभाले संसदको समेत काम गर्ने भएकोले लोकमणीको राजनीतिक यात्राले धेरै इसाई अगुवाहरुलाई राजनीतिप्रतिको मोह जागेर आयो । ‘आशिष’ नामक मासिक पत्रिकाका प्रकाशक तथा सम्पादक समेत रहेको लोकमणी काठमाण्डौंमा बसेर निकै नाम कमाएका इसाई अगुवा पनि थिए । उनीबाट नेपाली मण्डलीमा राजनीतिको बिउ निकै छरियो । उनले एकनाथ ढकाल झूटा शिक्षा भएको र नेपाली मण्डलीको साँचो प्रतिनिधि आफू र आफूले खोलेको जनजागरण पार्टी भएको भन्ने जुन प्रचार प्रसार गरे, गराए त्यसले नेपाली मण्डलीका अगुवाहरुमा अब इसाईहरुले राजनीति गर्न‘पर्छ र दल खोल्नु उचित हो भन्ने भ्रम पैदा भयो । देशका केहि स्थानमा अगुवाहरुले दल खोल्नु र धार्मिक आस्थाका आधारमा दलमा विभाजित हुनु दुःखद र अनावश्यक भएको टिकाटिप्पणी समेत गरे । तर अधिकांश नामुक अगुवाहरु नै जनजागरण पार्टी नेपालको पदाधिकारी र कार्य समितिमा बसेर संगठन विस्तारमा लागे पछि त्यसैको सिको गर्दै २०७४ को आम निर्वाचन सम्म आइपुग्दा भरत गिरीहरुले आमुल परिवर्तन मसिहा पार्टीको स्थापना गरे । चुनावमा भाग लिए । एकनाथले एमालेसँग र लोकमणीले माओवादीसँग साँठगाँठ गरेपछि बीपी खनाले जनजागरण सम्हाले । उता जयवन्त विक्रम शाहले राष्ट्रिय मूक्ति आन्दोलन नेपाल नामक राजनीतिक दल स्थापना गरे । २०७९ को आम चुनावमा राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सिवी गहतराजले सामाजिक एकता पार्टी खोले र चुनावमा भाग लिए । इसाई मतलाई आधार मानेर अहिले निर्वाचन आयोगमा नै दर्ता गरेका करिब १ दर्जन राजनीतिक दल रहेका छन् । उनीहरुबीच बृहत बहस, छलफल र एकताको प्रयास भन्दै दिनहु चर्चा परिचर्चा हुन थालेपछि नेपाली इसाई जगतमा राजनीतिप्रति चासो हुनु, अन्यौलता सृजना हुनु र भ्रम छरिनु स्वभाविक हो ।
पछिल्लो समयमा दलर्मदन कामीले शामूयल संग्राम राई सहितका अगुवाहरुको सल्लाहमा संयूक्त नागरिक पार्टी स्थापना गरे । उनी र भरत गिरीको पार्टी एकता गरेर अहिले आमुल परिवर्तन नागरिक पार्टी बनाएका छन् । उनीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्ने र ति कार्यक्रममा महासंघ, एनसिएफ, एनसिएस, एनसिएफएन लगायत मण्डलीहरुका छाता संगठनका पदाधिकारीहरु नै राजनीतिक कार्यक्रमहरुमा प्रत्यक्ष सहभागि बन्न थालेपछि विभिन्न संघ संस्थामा आवद्ध भएका मण्डलीका अगुवाहरु अब कुन कित्तामा लाग्ने भन्ने बडो अन्यौलता सृजना भएको छ । अधिकांश अगुवाहरु मण्डलीका योजना, प्रभु येशू ख्रीष्टकाट आउने मूक्तिको प्रचार, विश्वासीहरुको हेरचाह भन्दा पनि पार्टीको सिद्धान्त, संगठन बिस्तार र सदस्यता बढाउने अभियान चलाउन व्यस्त देखिन थालेका छन् । आउने २०८४ मा हुने आम निर्वाचनको तयारीमा उनीहरु अन्य दलहरु जस्तै आफ्ना गतिविधिमा व्यस्त देखिन्छन् । त्यसले मण्डलीमा सेवा गरिरहेका इमान्दार, सोझा सिधा अगुवा तथा विश्वासीजनहरुमा पनि ठूलो भ्रम, आशंक र द्वविधा उत्पन्न भएको देखिन्छ ।
बाइबलमा मत्ती ६ अध्यायको २४ पदमा लेखिएको छ, “कसैले दुई मालिकको सेवा गर्न सक्दैन । किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ । अथवा त्यसले तुच्छ ठान्नेछ । तिमीहरुले परमेश्वर र धनको सेवा गर्न सक्दैनौं ।” यस खण्डमा संसारको राज्य र परमेश्वरको राज्य अलग हो भन्ने कुरालाई स्पष्ट पारेको छ । बाइबलमा ‘राज्य’ शब्द धेरै ठाउँमा उल्लेख भएको छ । खासगरी संसारको राज्य र परमेश्वरको राज्य दुई अलग विषय हुन् । संसारको राज्य भनेको राजनैतिक प्रशासनिक इकाई हो । यसले भूगोल, जनसंख्या, प्रशासन, सिद्धान्त र व्यवस्था आदिको माग गर्दछ । तर स्वर्गको राज्य भनेको परमेश्वरप्रति मानिसको हृदय केन्द्र ीत हुन्छ । संसारको राज्य भौतिक राज्य र परमेश्वरको राज्य आत्मिक राज्य हो । त्यसैले यी दुई राज्यबीच पूर्णतया भिन्नता छ । इसाईहरु आत्मिक राज्यको प्रचार, प्रसार गर्ने, आत्मिक राज्यको विस्तारमा भूमिका खेल्ने र सारा मानिस जातिलाई परमेश्वरको प्रेम, अनुग्रह र आराधनामा डो¥याउने कार्यमा तल्लिन हुनुपर्छ । त्यो जिम्मेवारी इसाई अगुवाहरुको हो । तर इसाईहरुले संसारका अन्य मानिसहरुसँग संसारिक राज्यको निम्ति वादविवाद गरेर, द्वन्द्व, बैमनश्यता, झगडा र लडाई गरेर आफूलाई अब्बल र सहि सावित गर्न‘ आवश्यक छैन । अझ नेपाल त लामो समयदेखि अन्धकारको शक्तिले शासन गरेको मुलुक हो । अझैपनि परमेश्वरको बिरुद्धमा खडा भएका शासकहरु छन्, जसले इसाईहरुलाई सतावट गर्ने, प्रतिबन्ध लगाउने र नाश गर्ने बिचारमा अहोरात्र लागिरहेका छन् । यस्तो बेलामा पौठेजोरी खोज्नलाई सारा शक्ति प्रयोग गर्न‘भन्दा भित्रभित्रै भुसको आगो झैं सुसमाचार प्रचार गर्न, मण्डली खडा गर्ने र बलियो आत्मिक शक्ति निर्माणमा लाग्नु आवश्यक छ ।
वर्तमान नेपालको राजनीतिक प्रणाली भनेको बहुदलीय संसदीय प्रणाली हो । राजनीति गर्नाका लागि सिद्धान्त, विधि विधानको निर्माण गरी दल खोल्नु पर्छ । दल खोलेर निर्वाचन आयोगमा विधिवत दर्ता गर्न‘पर्छ । निर्वाचन आयोगले तोकेको प्रक्रियामा रहेर चुनावमा भाग लिएर मतका आधारमा बिजयी भएर मात्र संसदमा पुग्न सकिन्छ । संसदमा बहुमतका आधारमा सरकार गठन हुन्छ र सरकारले शासन गर्न पाउँछ । नेपालको संसदीय इतिहासमा एकल बहुमत कुनै पनि दलले ल्याउन सकेका छैनन् । दलहरु सदस्यका आधारमा, बिचारधाराका आधारमा, कार्यक्षेत्रका आधारमा, मुद्धा–विषयका आधारमा तयार हुन्छन् । निश्चित क्षेत्र, जाति, समुदाय, समूह, आदिलाई मात्र समेटेर बनाइएका पार्टीहरु संकुचित हुन्छन् तर सबैलाई समेट्ने पार्टी वा दलले आकारमा बृद्धि गर्दछन् । दल संसदीय वा गैरसंसदीय पनि हुन सक्छ । नेपालमा इसाई अगुवाहरुको ताल हेर्दा संसदीय दल नै देखिन्छ, यसले जसरी पनि चुनावमा भाग लिने, बिजय बन्ने र सरकारमा जाने अभिप्राय देखाउँछ । तर यो जग वा धरातलमा आधारित छैन, व्यक्तिको लहड वा चाहना पुरा गर्न समुदायलाई कभर (खोल) बनाइएको छ । व्यक्तिगत इच्छा, मनोकांक्षा र स्वार्थ पुरा गर्न सिंगो समुदायको नाम भजाउनु भनेको इसाई समुदायप्रति नै खतराको विषय बनिरहेको छ । यसलाई बेलैमा किनारा नलगाउने हो भने भोली इसाई समुदायमा विभाजन, फुट र दोषारोपण बढ्दै जानेछ । जुन कुरा परमेश्वरको राज्यमा निषेधित छ त्यहि कुरालाई बढवा दिँदै जाँदा बाइबल सिद्धान्त एकातिर र इसाई अगुवाहरुको सिद्धान्त अर्कातिर भएपछि फेरी लामो समयसम्म इसाई समुदायले संकटको सामना गर्न‘पर्नेछ । अहिले जुन जुन नाम वा समूहमा इसाई अगुवाहरुले दलको अभ्यास गरिरहेका छन् यो अपरिपक्व, हतास मानसिकता र व्यक्तिगत स्वार्थमा केन्द्रि त रहेको छ ।
निष्कर्षमा भन्नुपर्दा मण्डलीको काम भनेको परमेश्वरको राज्यको विस्तार गर्न‘ हो । नेपालमा कम्तिमा ५१ प्रतिशत मानिसले इसाई मतलाई स्वीकार गर्न‘पर्छ, प्रभू येशू ख्रीष्ट मेरो मुक्तिदाता र उद्दारकर्ता हुनुहुन्छ भनि हृदयमा विश्वास र मुखबाट स्वीकार गर्न‘पर्छ । उनीहरुलाई राम्ररी बाइबलीय सिद्धान्त, इसाई विश्वास र आस्थाअनुसारको अभ्यास गराएर परिपक्व विश्वासी बनाएपछि स्वतः यो देशका सबै अंगमा विश्वासीहरुको बाहुल्यता बढ्दछ । जनसंख्यामा बहुमत बनाएर अरुमाथि शासन गर्ने र अरुले झैं दमन गर्ने होइन, परमेश्वरको प्रेम, दया, भलाई र धार्मिकताको अभ्यास गराउनु पर्छ । आम नागरिकमा त्यसप्रकारको ईश्वरीय चरित्र र गुणले भर्न थालेपछि संसारका अन्य मानिसहरु आफैले इसाईहरुलाई नेतृत्वमा चुन्न थाल्छन् । त्यतिबेला पनि मण्डलीको जिम्मेवारीमा रहेका धर्मगुरुहरु राजनीतिमा होइन मण्डलीमा नै सेवा गर्न‘पर्छ तर विश्वासीहरुलाई राज्य, प्रशासन सञ्चालन गर्न तालिम दिने, धार्मिकताले राष्ट्रको उत्थान गर्दछ भन्ने मान्यतालाई जोड दिने र देशको समृद्धि, उन्नती तथा आशिषका लागि परमेश्वरलाई धन्यवाद दिने काम गर्न‘पर्छ । नेता बन्न, असल उत्पादक, वितरक र उपभोक्ता बन्नका लागि आव्हान गर्न‘पर्छ । नेता वा अगुवाले गल्ती गरेमा देश बर्वाद हुन्छ । देश नरहे राजनीतिक कहाँ गर्ने ? त्यसैले पहिला घरघरमा विश्वासीको संख्या बढाऔं, टोलटोलमा मण्डली खडा गरौं, गाउँ वा नगरमा इसाई समाजहरु एकताबद्ध र बलियो बनाऔं, जिल्ला जिल्लामा समन्वय गराऔं, प्रदेशसम्म योजना बनाऔं र पुरै राष्ट्रमा सुसमाचार बाढौं । त्यसैले इसाईहरु अहिले दल खोल्ने होडबाजीमा नलागौं, अगुवाहरुले दलको झण्डामुनी बसेर सिमित संख्यामा रहेका इसाईहरुलाई हतोत्साहित नगरौं । यदि कसैलाई नेता बन्नु नै छ र संसद वा मन्त्री बन्नुनै पर्नेछ भने सबैलाई समेट्ने दललाई रोज्नु, त्यसको सदस्य बन्नु र त्यसैबाट असल काम गरेर ख्रीष्टको साक्षी बन्नु र त्यहिबाट गवाही दिनु । तर खुलेआम ख्रीष्टको नाम जोडेर, इसाई समुदायको आडमा राजनीति गर्न‘चाहिँ मुर्खता पूर्ण प्रयास हो । जसले अहिले अगुवाहरु र विश्वासीहरुलाई विभिन्न भ्रम सृजना गरेर धरमर बनाइरहेका छन्, उनीहरुले पछुतो त गर्ने नै छन् तर समयमा नै पश्चाताप गरेर गताली २ अध्यायको २० पदले भनेझैं, “म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्न‘भयो, र मेरो निम्ति आफूलाई अर्पण गर्न‘भयो ।” यो पदलाई एउटा विश्वासीले दरिलो रुपमा पक्रनुपर्छ । विश्वासमा हिड्ने, परमेश्वरलाई पच्छ्याउने हरेकलाई पवित्र बाइबलको व्यवस्था २८ अध्यायको १३ पदमा भनिएको छ, “मैले आज तिमीहरुलाई दिएका परमप्रभू तिमीहरुका परमेश्वरका आज्ञाहरुमा ध्यान दिएर ती होशियारीसाथ पालन ग¥यौ भने, परमप्रभूले तिमीहरुलाई पुच्छर होइन तर शिर तुल्यानुहुनेछ । तिमीहरु सधैँ टुप्पामा हुनेछौं, कहिल्यै फेदमा पर्नेछैनौं ।”
यसैले अब इसाईहरुले राजनीति गर्न‘हुन्छ कि हुँदैन ? अगुवाहरुले बेदीको सेवाकाई गर्ने कि दलको नेता भएर हिड्ने, मण्डलीमा विश्वासीहरुको हेरचाह गर्ने कि पार्टीका कार्यकर्ताहरु बढाउँदै जाने ? सुसमाचार बाढ्दै गाउँवस्तीमा जाने कि ज्ञापन पत्र र मागहरु लिएर सरकारलाई धम्क्याउने वा हुर्काउने ? यस्ता प्रश्न र विषयहरु आफै समाधान गर्न‘पर्छ । यो स्वतन्त्रता हरेक मानिसलाई दिइएको छ । परमेश्वरको आराधना करकापमा होइन, भित्री हृदयबाट गरिनुपर्छ । देखाउनका लागि होइन आत्मा र सत्यतामा गर्न‘पर्छ । तसर्थ मत्ती २२ः२१ मा येशूले तिनीहरुलाई भन्नुभयो, “यसकारण जे कैसर (संसाकि शासक) का हुन् ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ ।” इसाईहरुको कर्तव्य वा लक्ष्य भनेको विश्वासी बढाउने हो दल खोल्ने होइन, परमेश्वरको काम गरेपछि आवश्यकता अनुसार हामीलाई उहाँले नै जिम्मेवारी दिनुहुनेछ, त्यसका लागि विश्वासीले फिक्री वा चिन्ता गर्नुपर्दैन ।