Skip to main content

नयाँ तृष्णा

आज देशभर भाइटीका मनाइँदै, ११:०७ बजे उत्तम साइत

[adsforwp id="2511"]

झापा ।

नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ तथा दिदीबहिनीले हर्षोल्लासका साथ भाइटीका पर्व मनाउँदैछन्।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। यस अवसरमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीका लगाउन आज बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत रहेको छ। यद्यपि दिनभर टीका लगाउन कुनै बाधा नरहेको समितिले जनाएको छ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिने, मखमली, सयपत्री र गोदावरीका माला पहिर्‍याउने तथा ओखर, कटुस, मसला र सेलरोटीलगायत परिकार दिने चलन छ।

टीका ग्रहण गरेपछि दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार कपडा, दक्षिणा तथा उपहार दिएर सम्मान प्रकट गर्ने परम्परा रहेको छ। यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

२०८३ मंसिर ०५, शनिबारमेचीनगर, झापा ।तरुण राई, मेचीनगर । श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै मेचीनगर न...
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि...
सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

 काठमाडौँ विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ। सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ ...
ट्रम्प, सी र पुटिनबीच दुर्लभ त्रिपक्षीय वार्ता, विश्व शान्ति र आणविक जोखिम न्यूनीकरणमा जोड

ट्रम्प, सी र पुटिनबीच दुर्लभ त्रिपक्षीय वार्ता, विश्व शान्ति र आणविक जोखिम न्यूनीकरणमा जोड

काठमाडौं । विश्वका तीन शक्तिशाली राष्ट्र अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच चीनको शेन्जेनमा दुर्लभ त्रिपक्षीय भेटवार्ता भएक...