Skip to main content

नयाँ तृष्णा

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

[adsforwp id="2511"]

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफन्त नेपालले झापाको काँकरभिट्टामा ‘म एक जिम्मेवार पुरुष हुँ’ अभियानअन्तर्गत जिम्मेवार पुरुष समूह गठन गरेको छ। विभिन्न जिल्लामा गरी संस्थाले गठन गरेको यो १६ `म एक जिम्मेवार पुरुष समूह ´हो।

आफन्त नेपालका जिल्ला प्रमुख मात्रिका गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा संस्थाको केन्द्रबाट केशर विश्वकर्माको उपस्थिति रहेको थियो। भेलाले स्थानीय स्तरमा राजु खड्काको अध्यक्षतामा जिम्मेवार पुरुष समूह गठन गरेको हो।

समूहमा स्थानीयस्तरबाट मनोज गुरुङ, अमन विश्वकर्मा, शिवकुमार पाठक, होमराज राई र खड्गराज कार्कीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी छन्। समूहमा आबद्ध सदस्यहरूले मानव बेचबिखन, लैङ्गिक हिंसा तथा महिला र बालबालिकामाथि हुने विभिन्न किसिमका हिंसा तथा शोषणविरुद्ध समुदायमा सचेतना अभिवृद्धि गर्दै जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

आफन्त नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको अभियानलाई समुदायस्तरमा थप प्रभावकारी बनाउन पुरुषको सक्रिय सहभागितालाई प्राथमिकता दिँदै आएको छ। ‘म एक जिम्मेवार पुरुष हुँ’ अभियानमार्फत पुरुषलाई आफ्नो परिवारप्रतिको जिम्मेवारीमा मात्र सीमित नरही समाजमा हुने हिंसा, विभेद, अन्याय, मानव बेचबिखन तथा शोषणविरुद्ध सक्रिय हुन प्रेरित गरिएको छ।

कार्यक्रममा जिम्मेवार पुरुषले समाजमा सकारात्मक परिवर्तन ल्याउन खेल्न सक्ने भूमिकाका विषयमा छलफल गरिएको थियो। समाजमा हुने हिंसा र विभेदलाई महिलाको मात्र समस्या नठानी पुरुषले समेत त्यसको रोकथाम र न्यूनीकरणमा आफ्नो जिम्मेवारी महसुस गर्नुपर्नेमा जोड दिइएको थियो।

गठित समूहले आफ्ना गतिविधिलाई निरन्तरता दिन हरेक तीन महिनामा भेटघाट तथा छलफल गर्ने निर्णय गरेको छ। त्यस्तै सदस्यहरूबीच नियमित समन्वय कायम गर्न ह्वाट्सएप समूहमा निरन्तर सम्पर्कमा रहने र मानव बेचबिखन, लैङ्गिक हिंसा तथा समुदायसँग सम्बन्धित ताजा सूचना तथा अपडेटहरू आदानप्रदान गरिरहने निर्णयसमेत गरिएको छ।

आफन्त नेपालले विभिन्न जिल्लामा १६ समूह गठन गरेका यस्ता जिम्मेवार पुरुष समूहलाई मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध समुदायस्तरमा सचेतना फैलाउने, जोखिम पहिचानमा सहयोग गर्ने र आवश्यक समन्वय तथा खबर आदानप्रदान गर्ने अभियानमा जोड्दै आएको छ।

संस्थाले काँकरभिट्टामा यस समूह गठन गरेसँगै ‘म एक जिम्मेवार पुरुष हुँ’ अभियानलाई थप विस्तार गर्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र हिंसामुक्त समाज निर्माणमा पुरुषको अर्थपूर्ण सहभागिता बढाउने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

४ कार्तिक २०८३, बुधबार , झपा । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनब...
इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

किरण सुनुवार, गुवायाकिल (इक्वेडर) — अक्टोबर १९, २०२६इक्वेडरका एक पादरीको प्रार्थना सभा (Mass) सञ्चालन गरिरहेको समयमा ढलेको...
फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्...
बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

हिमालको काखमा अवस्थित सुरम्य गाउँहरूमा असोजको शीतसँगै उल्लासको बास्ना छाउनुपर्ने थियो। पाखा-पखेरामा फुलेका सयपत्री, घर...