Skip to main content

नयाँ तृष्णा

क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित

[adsforwp id="2511"]

काठमाडौँ / एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज अफगानिस्तानविरुद्ध नेपालले ५ विकेटको जित हात पारेको छ।  टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी हुँदै पूरा गरेको हो। 

नेपाललाई जित दिलाउन सन्दिप जोराले ३४ र रोहित पौडेलले ३३ रनको योगदान गरे। 

कुशल भुर्तेल शून्य रनमै आउट भए भने आसिफ शेख पनि २ रन बनाएर पेभेलियन फर्किए। त्यसपछि आएका जोराले ३५ बलमा ३४ रन बनाएर रनआउट हुनपुगे। 

कुशल मल्ल पनि ९ रनमा रनआउट भए। रोहितले ३२ बलमा ३३ रन हाने। दीपेन्द्र सिंह ऐरीले १८ बलमा १५ रन जोडे भने गुल्सन झाले १ बलमा १ रन लिँदै नेपाललाई जित दिलाए। 

नेपाललाई अफगानिस्तानले ९ अतिरिक्त रन दियो। 

बलिङतर्फ अफगानिस्तानका फारिदुन दावुदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले समान १ विकेट झारे।

अफगानिस्तानले सुरुवात राम्रो गर्न सकेन। पहिले ब्याटिङ गरेको अफगानिस्तानका ओपनर मोहम्मद अक्रमले ८ बलमा २ रन मात्र बनाउँदा अर्का ओपनर हसन आइसाखिलले २ बल खेलेर शून्य रनमा आउट भए। उसका लागि करिम जनत ९, फैजल खान अहमदजाइ ३०, नजिबुल्लाह जाड्रान ३०, मोम्मद इशकले ७ रनको योगदान गरे। नटआउट नानगेयलिय खानले १७ रन तथा अब्दुल्लाहक अहमदजाइले १ रन बनाए। नेपालले ६ अतिरिक्त रन दिएको थियो। 

बलिङतर्फ नेपालका ललित राजवंशी र कुशल भुर्तेलले ३ र ४ विकेट लिए। कसिलो बलिङ गरेका ललितले १३ रन मात्र खर्चिए भने भुर्तेलले २१ रन दिए। 

अब नेपालले भोलि जापानसँग खेल्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन...
क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित

क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित

काठमाडौँ / एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज अफगानिस्तानविरुद्ध नेपालले ५ विकेटको जित हात पारेको छ।  टस जितेर पहिले ब्याटिङ गरे...
साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...