Skip to main content

नयाँ तृष्णा

इरान र अमेरिकाबिच महत्त्वपूर्ण सहमति भएको दाबी, इरान आणविक कार्यक्रम त्याग्न तयार भएको हो ?

Advertisement

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच धेरै मुख्य बुँदाहरूमा सहमति जुटेको दाबी गरेका छन्। वेस्ट पाम बिचमा सोमबार एयरफोर्स वान विमान चढ्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्ता धेरै राम्रो भएको दुवै पक्ष सम्झौताको नजिक पुगेको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले इरानले शान्तिका बदलामा आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न तयार रहेको सङ्केत दिएको दाबी गरे। उनले भने, ’हामीबिच महत्त्वपूर्ण सहमति भएको छ । म त भन्छु लगभग सबै बुँदामा सहमति जुटेको छ। इरान सम्झौता गर्न निकै उत्सुक छ र हामी पनि तयार छौँ।’

ट्रम्पले यो सम्झौताको मुख्य सर्त नै अब युद्ध नहुने र इरानले आणविक हतियार राख्न नपाउने रहेको स्पष्ट पारे।पछिल्लो समय इरानको ऊर्जा केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिँदै आएको अमेरिकाले हाललाई पाँच दिनका लागि सैन्य कारबाही स्थगित समेत गरेको छ।

ट्रम्पले इरानको १० अर्ब डलरभन्दा बढी लागतमा बनेको सबैभन्दा ठुलो विद्युत् उत्पादन केन्द्र ध्वस्त पार्ने तयारी रहेको दाबी गरे गरे। तर, इरानी पक्षबाट वार्ताको प्रस्ताव आएपछि आक्रमण रोकिएको उनले बताए।

‘उनीहरूले नै मलाई फोन गरेर सम्झौताको इच्छा देखाएका हुन्। यदि पाँच दिनभित्र कुरा मिल्यो भने यो समस्या सदाका लागि सुल्झिनेछ, अन्यथा हामीले फेरि आक्रमण सुरु गर्नेछौँ,’ ट्रम्पले  भने।

यो वार्तामा ट्रम्पका सल्लाहकार स्टिभ विट्कोफ र ज्वाइँ जेरेड कुश्नर सक्रिय रूपमा संलग्न रहेको बताइएको छ ।  ट्रम्पले इरानको कुनै शीर्ष व्यक्तिसँग कुराकानी भइरहेको बताए पनि त्यहाँका नयाँ सर्वोच्च नेताको अवस्थाबारे भने आशङ्का व्यक्त गरे। ’हामीलाई उनी (सर्वोच्च नेता) जीवित छन् वा छैनन् भन्ने समेत थाहा छैन,’ ट्रम्पले भने।

यस वार्ता प्रक्रियामा पश्चिम एसियाका अन्य साझेदार राष्ट्रहरूलाई पनि ध्यानमा राखिएको र आजै फोनमार्फत थप छलफल हुने ट्रम्पले जानकारी दिए ।

रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...