Skip to main content

नयाँ तृष्णा

Day: २०८३ जेष्ठ २५, सोमबार

ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका विमोचन सम्पन्न

ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका विमोचन सम्पन्न

  झापा । बिर्तामोडबाट प्रकाशित ईजलास दैनिकको १०औँ वार्षिकोत्सव तथा स्मारिका (म्यागजिन) विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा निर्मला शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। सो अवसरमा ईजलास दैनिकको १०औँ वार्षिकोत्सव विशेष स्मारिका विमोचन गरिएको थियो। साथै विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान तथा कदरपत्र हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका क्रममा नेपाल पत्रकार महासंघको तर्फबाट झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष हस्ताक्षरसहितको ज्ञापनपत्र समेत पेश गरिएको थियो। कार्यक्रममा सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो। बिर्तामोडस्थित सिटी सेन्टर साई पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा…
Read More
इरानद्वारा इजरायलमाथि भीषण क्षेप्यास्त्र प्रहार, ‘एक हप्तासम्म निरन्तर आक्रमण’को चेतावन

इरानद्वारा इजरायलमाथि भीषण क्षेप्यास्त्र प्रहार, ‘एक हप्तासम्म निरन्तर आक्रमण’को चेतावन

जेरुसेलम/तेहरान । अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि केही समय शान्त देखिएको मध्यपूर्व पुनः तनावग्रस्त बनेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलमाथि व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ। इरानको आक्रमण र कडा चेतावनी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले उत्तरी इजरायलका विभिन्न क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको पुष्टि गरेको छ। इरानका अनुसार हाइफाको दक्षिण–पूर्वमा रहेको रमत डेभिड एयरबेस मुख्य निशाना थियो। IRGC का एयरोस्पेस कमाण्डर मजिद मुसाविले यस कारबाहीलाई “वाचा पूरा भएको” भन्दै यो केवल सुरुवात मात्र भएको बताएका छन्। इरानले आगामी एक हप्तासम्म चौबीसै घण्टा निरन्तर आक्रमण जारी रहने चेतावनीसमेत दिएको…
Read More