२९ बैशाख २०८३, मंगलवार, काठमाडौं । अमेरिका र इरानबीचको कूटनीतिक तनाव पुनः तीव्र बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धविराम “जीवन–मरणको अवस्थामा” पुगेको बताउँदै इरानको पछिल्लो प्रस्ताव पूर्ण रूपमा अस्वीकार्य रहेको स्पष्ट पारेका छन्। उहाँको कडा प्रतिक्रियापछि वार्ताको सम्भावना झनै कमजोर बनेको छ। इरानले पनि अमेरिकी दबाबमा नझुक्ने चेतावनी दिँदै आफ्नो सेना कुनै पनि आक्रमणको सामना गर्न तयार रहेको जनाएको छ। यसबीच, खाडी क्षेत्रमा महिनौँदेखि कायम रहेको युद्धविराम अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ। तनाव बढेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। साथै, महत्वपूर्ण व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ प्रभावित हुने आशंका बढेपछि विश्व अर्थतन्त्रमा…
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतङ्कवादीको जस्तै भएको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सत्ता स्थायी नहुने भन्दै हेक्का राख्न चुनौती समेत दिए । अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ तर सरकार सरकार हो कि आतङ्कवादी हो ?’, शाहीको प्रश्न छ । उनले मानवीय संवेदनमा डोजर चलाएर विकास नहुने भन्दै सत्ता र शक्तिको आडमा कसैलाई नजोगाउने हो भने मन्त्रीका घरमा किन डोज नलाएको भनेर प्रश्न गरेका छन् । सुकुम्वासी हटाउने नाममा दुई नागरिकको ज्यान गएको भन्दै नागरिकको ज्यान बचाउने काम सरकारको होइन…