आइतराज राई, झापा । झापाली साहित्य समाजको आयोजनामा तथा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सहआयोजनामा ‘शब्द यात्रा’ नामक गजल वाचन तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिर्तामोड–३ स्थित विराटपोखरी परिसरमा आयोजना गरिएको थियो। झापाली साहित्य समाजका अध्यक्ष हरि बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोपालकुमार बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै कोशी साहित्य कला परिषद्का अध्यक्ष केशु विरहीलगायत झापा, मोरङ तथा भारतका विभिन्न स्थानबाट आएका साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिमाथि केन्द्रित रहँदै ज्ञानवर्द्धक तथा सन्देशमूलक गजल र कविताहरू वाचन गरिएको थियो। सहभागी स्रष्टाहरूले समसामयिक विषयवस्तुलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। आयोजकका अनुसार पछिल्लो…