१४ माघ २०८२, बुधबार, काठमाडौं । भारतमा बुधबार बिहान भएको विमान दुर्घटनामा भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री तथा भारतीय राष्ट्रिय कांग्रेस पार्टी (एनसीपी) का प्रमुख अजित पवारको मृत्यु भएको छ । महाराष्ट्रको बारमतीमा ल्यान्ड गर्ने क्रममा एक चार्टर्ड विमान दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय डाइरेक्टरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) ले सो विमानमा रहेका पाँचै जनाको मृत्यु भएको जनाएको भारतीय सञ्चार माध्यम द हिन्दुलगायतले जनाएका छन् । समाचारअनुसार विमान बिहान नेपाली समयअनुसार ९ बजे दुघर्टनामा परेको हो । विमान पूरै जलेको जनाइएको छ । दुर्घटनाको कारणबारे भने केही खुलाइएको छैन ।