१५ आश्विन २०८२, बुधबार, झापा । क्षतिग्रस्त भौतिक संरचना स्थानीयको सक्रियतामा पुनः निर्माण गरिएसंगै आजबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी कर्मचारी काममा फर्किएका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा प्रहरी हतियार छाडेर भागेका थिए भने त्यस यता प्रहरी विहीन बनेको बिर्तामोडमा स्थानीयकै अगुवाइमा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माण गरिएसंगै आजबाट प्रहरी काममा फर्किएका हुन् । जेनजी आन्दोलनपछि बिर्तामोडमा प्रहरी नहुँदा नहुँदा शान्ति सुरक्षामा चुनौति बढेको भन्दै युवा व्यवसायी रमेश चौधरी, पदम श्रेष्ठ, सजेश शिवाकोटी, बिपिन बजगाँई, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, युवा व्यवसायी…