काकरभिट्टा । पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज दोस्रो दिनको खेल सञ्चालन हुँदैछ । आज चर्च ब्वाइज युनाइटेडले झापा एफसीको सामना गर्नेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सेमिफाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र एनएसएल टिम झापा एफसीको रोमाञ्चक भिड्न्त हुने छ । आयोजकले प्रतियोगितामा दुवै टिम सशक्त रहेका कारण आजको खेल अत्यन्तै प्रतिष्पर्धात्मक रहने विश्वास लिइएको छ । यश अघि उदघाटन खेलमा शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पाहुना टोली भारतको जर्जियन एफसीलाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । चैत २ गते…