झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टीका अध्यक्ष हर्क साम्पाङको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ। पार्टीका अनुसार ‘देश माटोमय भइसक्यो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममार्फत पार्टीको विचार, उद्देश्य, श्रम संस्कृतिको अवधारणा तथा समसामयिक राष्ट्रिय विषयवस्तुमा केन्द्रित सन्देश प्रस्तुत गरिने अपेक्षा गरिएको छ। कार्यक्रममा अध्यक्ष साम्पाङले सम्बोधन गर्ने बताइएको छ। उनको उपस्थितिसँगै पार्टीको भावी कार्यदिशा, संगठन विस्तार तथा श्रम र उत्पादनसँग सम्बन्धित विषयमा समेत चर्चा हुने अपेक्षा गरिएको छ। आयोजकले कार्यक्रममा सहभागी हुन झापावासी, पार्टीका नेता–कार्यकर्ता, शुभचिन्तक तथा सर्वसाधारणलाई सार्वजनिक…
काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन्। सुप्रिम इलेक्टोरल कोर्टले सार्वजनिक गरेको नतिजाअनुसार ९९.८ प्रतिशतभन्दा बढी मतगणना सम्पन्न हुँदा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी बोल्सोनारोले ४८.२४ प्रतिशत मत पाएका छन्। यसअघि अक्टोबर ४ मा सम्पन्न पहिलो चरणको मतदानमा बोल्सोनारोले अग्रता लिएका थिए। तर दोस्रो चरणमा लुलाले अग्रता उल्ट्याउँदै विजय हासिल गरेको समाचारमा उल्लेख छ। पछिल्लो समय ल्याटिन अमेरिकाका अर्जेन्टिना, चिली र कोलम्बियालगायत देशमा दक्षिणपन्थी राजनीतिक शक्तिहरूको प्रभाव बढिरहेको सन्दर्भमा ब्राजिलको निर्वाचन परिणामलाई क्षेत्रीय राजनीतिका दृष्टिले…