चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय (एमएसएस) ले आइतबार पहिलोपटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। मन्त्रालयका अनुसार एआईको दुरुपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्रसमेत जोखिममा पर्न सक्छन्। राज्य सुरक्षा मन्त्री चेन यीशिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरुपयोग गरिरहेको बताएका छन्। उनका अनुसार डीपफेक अडियो तथा भिडियो, एआईबाट तयार पारिएका पाठ तथा तस्बिर र ‘इन्टेलिजेन्ट ट्रोल आर्मी’ प्रयोग…