Skip to main content

नयाँ तृष्णा

२०औं एसियन गेम्समा पदक विजेता खेलाडीले पाए पुरस्कार

[adsforwp id="2511"]

काठमाडौं । २०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन् ।

सरकारले खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो ।

यसअघि २३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो । जसअनुसार तेन्जिङले ६ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठले एक लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार पाएका हुन् ।

कबड्डी टोलीका खेलाडीले जनही १ लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले समान ६५ हजार पाएका छन् ।

जापानको नायोगामा भएको २०औं एसियन गेम्समा नेपालबाट करातेका तेञ्जिङ र महिला कबड्डी टोलीले कांस्यपदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनपीएलमा आज दुई खेल, विराटनगर र पोखरा पहिलो प्रतिस्पर्धामा

एनपीएलमा आज दुई खेल, विराटनगर र पोखरा पहिलो प्रतिस्पर्धामा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट म...
आज देशभर भाइटीका मनाइँदै, ११:०७ बजे उत्तम साइत

आज देशभर भाइटीका मनाइँदै, ११:०७ बजे उत्तम साइत

झापा । नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ तथा दिदीबहिनीले हर्षोल्लासका साथ भाइटीका पर्व मनाउँदैछन्। ...
ट्रम्पको अडान : ‘नरक जानुपरे पनि शत्रुलाई माफी दिन्नँ’

ट्रम्पको अडान : ‘नरक जानुपरे पनि शत्रुलाई माफी दिन्नँ’

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कुनै पनि हालतमा माफ गर्न नसक्ने बताएका छन्। ईश्वरको ...
काँकरभिट्टाको बृहत् कार्यक्रममा हर्क साम्पाङको सम्बोधन : ‘गरिबको घर भत्काउने होइन, समस्या समाधान गर्ने राजनीति गर्नुपर्छ’

काँकरभिट्टाको बृहत् कार्यक्रममा हर्क साम्पाङको सम्बोधन : ‘गरिबको घर भत्काउने होइन, समस्या समाधान गर्ने राजनीति गर्नुपर्छ’

काँकरभिट्टा, झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिब, दुःखी तथा सुकुम्बासी नागरिकको आवास समस्या समाधान गर्नुपर्...