Skip to main content

नयाँ तृष्णा

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

[adsforwp id="2511"]


निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था ‘साइप्रस नेपाली सङ्गति’ले नेपालका बाढीपीडितहरूको उद्धार तथा राहतका लागि रु. २ लाख ५६ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ।

सङ्गतिमा आबद्ध सदस्यहरूबाट सङ्कलित उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।
सङ्गतिकी कोषाध्यक्ष उमा केसीका अनुसार, प्रवासमा रहेका नेपाली सदस्यहरूको सामूहिक प्रयास र ऐक्यबद्धताबाट यो रकम सङ्कलन गरी प्रक्रियागत रूपमा पठाइएको हो।

त्यस्तै, सङ्गतिकी अगुवा माला श्रेष्ठले देशमा आइपर्ने हरेक विपत्ति र कठिन परिस्थितिमा नेपाली इसाईहरू सदैव अग्रपङ्क्तिमा उभिने बताउनुभयो। “देशका लागि निरन्तर प्रार्थनासँगै आफ्नै सानो प्रयासबाट सहयोग रकम पठाउन पाउँदा सम्पूर्ण सङ्गति परिवार भावुक र खुसी छौँ,” श्रेष्ठले भन्नुभयो।

देश र जनता कठिन घडीबाट गुजरिरहँदा स्वदेश तथा विदेशमा रहेका नेपाली इसाईहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोगको हात फैलाउँदै आएका छन्। यद्यपि, समाजमा अझै पनि इसाई समुदायप्रति हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा विभेद विद्यमान रहेको भन्दै उहाँहरूले यस्ता सामाजिक कार्यले एकता र सद्भाव प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेश...
मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश...
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहे...
पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूम...