Skip to main content

नयाँ तृष्णा

भट्टराईलाई विना सर्त रिहा गर्न आमूल परिवर्तन नागरिक पार्टीकाे माग

Advertisement

९ पुस ,

झापा । धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका लम्की सामुदायिक चर्चका पाष्टर जन्मजय भट्टराईलाई बिना सर्त रिहा गर्न आमूल परिवर्तन नागरिक पार्टीले माग गरेको छ ।

इसाई धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व ख्रिष्टमसको खुशीयालीमा कैलालीको लम्की चुहा नगरपालिका–१ मा रहेको शहीद स्मृति माविमा असाह्य बालबालिकालाई किताब बोक्ने झोला र स्टेशनरी बितरण गर्ने क्रममा धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका उनलाई बिना सर्त रिहा गर्न आमूल परिवर्तन नागरिक पार्टी (एपीएन)ले माग गरेको हो ।

भट्टराई पक्राउ परेको खबर पाउनासाथ सो पार्टीले प्रेस विज्ञप्ति जारी गरेका छ । अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ : नेपालको संविधानको धारा २६ (१) मा उल्लेखित धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भन्ने लिखित वाक्यांश, त्यसको मर्म, भावना, मूल्य र मन्यतालाई नै चुनौती दिँदै पक्राउ गरिनु संविधानमाथिकै आक्रमण भएको एपीएनको भनाई छ ।

विज्ञप्तिमा भनिएको छ, “धर्मनिरपेक्ष राष्ट्रमा राज्यको धर्म हुँदैन तर  सत्ता र शक्तिको दुरुपयोग गरी हिन्दु बाहेकका अन्य धर्मलाई स्वीकार नगर्ने विभेदकारी रणनीतिका साथ एकल धार्मिक राज्यका रूपमा  अघि बढ्नु खेद पूर्ण रहेको छ ।

यसबाट धार्मिक अल्पसङ्ख्यक समूहलाई विभेद गरेको अनुभूति भएको छ  । राज्यबाटै यस्तो हर्कत गरिनु संवैधानिक अधिकारको हनन र घोर अन्याय हो ।”

इसाई धर्मावलम्बीले हर्षाेल्लासका साथ मनाइने ख्रिष्टमसको अघिल्लो दिन विद्यार्थीहरूलाई पढ्नमा अझै उत्साहित हुन् भन्ने पवित्र उद्देश्य राखेर सहयोग गर्नु अति उदाहरणीय कार्य भएको एपीएनको तर्क छ ।

राज्यले सहयोग गर्न पर्ने ठाउँमा व्यक्तिले सहयोग गर्दा उल्टै  केही हिन्दु अतिवादीहरूकोउक्साहटमा धर्मपरिवर्तनको झुट्टा मुद्दा लगाई पक्राउ गर्नु  राम्रो नभएको  र  संविधानकै बर्खिलाप भएको भन्दै भट्टराईलाई तत्काल विना सर्त रिहा गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...