Skip to main content

नयाँ तृष्णा

गाई काटेर मारेको आरोपमा तीन भुटानी शरणार्थी र एक महिला पक्राउ

[adsforwp id="2511"]

झापा । एक हप्ताअघि दमकमा गाई काटेर मारेको आरोपमा प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले चार जनालाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दमक–२ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ मा बस्ने वर्ष ४४ को प्रेमबहादुर विष्ट, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए३–२०८ बस्ने बस्ने वर्ष ३८ का खगेन्द्र दुलाल, दमक–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प क्याम्प नं. ३ छाप्रो नम्बर ए२–१२० बस्ने वर्ष ३२ का विधान थापा र दमक–४ बस्ने वर्ष ४५ की गीता श्रेष्ठ रहेका छन् । श्रेष्ठ बाहेक अन्य तीनै जना युवाहरू भुटानी शरणार्थी हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका विष्ट यसअघि पनि विभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा दमक प्रहरीले मुद्दा दर्ता गरी कारबाही गरेको थियो ।

त्यस्तै दुलाल यसअघि जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी र पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा दमक प्रहरीले मुद्दा दर्ता गरी कारबाही गरेको थियो । यस्तै थापा यसअघि विभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कारबाही भएको प्रहरीको भनाई छ ।

घटनामा प्रयोग भएको खुकुरी, बन्चरो र मासु बोक्न प्रयोग गरेको झोला उनीहरूको कोठाबाट बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिहरूलाई पशुपंक्षी सम्बन्धी कसुरमा अनुसन्धान गरी मुद्दा दर्ता गरिने बताइएको छ ।

यही भदौ १८ गते राति दमक नगरपालिका–२ बस्ने लछुमन विष्टको वडा नम्बर १ स्थित पानीट्याङकी गोठमा बाँधी राखेको दुई महिनाको गर्भेणी समेत रहेको गाई चोरी गरी करिव एकसय मिटर टाढा खाली प्लटिङको जग्गामा लगेर मारेको अवस्थामा फेला परेको थियो ।

गोठमा बाँधेको गाईलाई खाली प्लटिङ जग्गामा लगेर टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा, करङ र घाँटीको मासु काटेर लगेका थिए । शरीरका अन्य भाग मात्र खाली प्लटिङ जग्गामा छाडेर हिडेको आरोप प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले पक्राउ परेका विष्ट लगायतका व्यक्तिहरु यसअघि अपराधिक गतिविधिमा सामेल भएको बताए । उनीहरुको कुनै धार्मिक र जातिय हिंसा फैलाउन नभई गाई मारेर मासु बिक्री गर्ने योजना रहेको एसपी केसीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...