Skip to main content

नयाँ तृष्णा

‘खुस्मा’को पोस्टरमा रोमान्टिक धीरज र उपासना

Advertisement

असार १२,

काठमाडौं । असोज ३ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘खुस्मा’ले २ नयाँ पोस्टर सार्वजनिक गरेको छ । अशोक थापा निर्देशित फिल्मको दुईमध्ये एक पोस्टरमा धीरज मगर र उपासनासिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ ।

अर्को पोस्टरमा उनलाई चिन्तित मुद्रामा देख्न सकिन्छ । मगर समुदायको पृष्ठभूमिमा फिल्मले प्रेमकथा पेश गर्ने निर्देशक थापाको भनाइ छ । यसअघि वृत्तचित्र निर्देशन गरेका थापाको यो पहिलो कथानक फिल्म हो ।

यो फिल्म एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो । फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय संयोग सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।

निर्मातामा वीरबहादुर लामा, चन्द्र भट्टचन, बेतान मगर र मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना छ ।

यो फिल्म असोज ३ गतेदेखि नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ । वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...