Skip to main content

नयाँ तृष्णा

मन्त्रिपरिषद् पुनर्गठनको तयारी

[adsforwp id="2511"]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट पुनर्गठनको तयारी गर्नुभएको छ ।

जसपा नेपालको विभाजित समूह र नागरिक उन्मुक्ति पार्टी ९नाउपा० लाई सरकारमा समेटेर क्याबिनेट पुनर्गठन गर्न लागिएको छ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच यसबारे मोटामोटी सहमति भइसकेको र एकाध दिनमै ठोस निर्णय हुने बताइएको छ ।

बालुवाटार स्रोतले बताएअनुसार नाउपालाई एक मन्त्रालय र फुटेको जसपालाई कम्तिमा एउटा राज्यमन्त्री थपिदिने सहमति छ । फुटेको जसपाबाट अहिले नवलकिशोर साह वन तथा वातावरणमन्त्री छन् ।

उपेन्द्र यादवलाई हटाएर खालि हुने स्वास्थ्य मन्त्रालयमा नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठलाई लैजाने तयारीमा प्रधानमन्त्री रहेको बुझिएको छ । त्यस्तै, नयाँ जसपाका अध्यक्ष अशोक राईले आफू र पत्नी सुशिला श्रेष्ठ मन्त्री नबन्ने खबर गरेकाले सो पार्टीबाट नवलकिशोरले नै निरन्तरता पाउने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...