Skip to main content

नयाँ तृष्णा

आरेन राईको प्रश्न- भ्रष्टाचारीका फाइल खोल्न के कुराले रोक्यो ?

[adsforwp id="2511"]

काठमाडौँ / श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्। उनले जनताका जल्दाबल्दा मुद्दामा परिणाममुखी काम गर्न ध्यानाकर्षण गराएका छन्। 

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राईले रेमिट्यान्सले धानेको अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचार जस्ता विषयमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गरे। सरकारको सुशासनको प्रतिबद्धता केवल नारामा मात्र सिमित रहेको आरोप लगाए। 

राईले निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै शिक्षा क्षेत्रको बेथितिप्रति ध्यानाकर्षण गराए। भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीबारे उनले प्रश्न गरे। 

‘गिरिबन्धु टी-स्टेट होस् वा ह्वाइट बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो? पपुलारिटीका लागि मात्र बोल्ने हो कि?,’ उनले प्रश्न गरे। 

राईले सरकारलाई दुईतिहाइको नजिक रहेको शक्ति प्रयोग गरी भ्रष्टाचारीलाई कारबाही गर्न चुनौती दिए। आफ्नो पार्टी भ्रष्टाचारीलाई कारबाही गर्ने जुनसुकै प्रक्रियामा सरकारलाई सहयोग गर्न तयार रहेको बताए। 

‘हामीले पटक-पटक उठाएको फ्रि भिसा र फ्रि टिकटको विषय होस् वा किसानका समस्या, सरकारले केवल टालटुले काम मात्र गरेको छ। आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस्,’ राईले भने, ‘आन्दोलनकारीलाई जेल हालेर परिवर्तन आउँदैन।’

उनले जेनजी आन्दोलनलाई दमन गरेको भन्दै सरकारको आलोचना गरे। सदन बन्द रहेको समयमा सङ्घीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै पनि ‘कुचेष्टा’ नगर्न सरकारलाई सचेत गराए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

४ कार्तिक २०८३, बुधबार , झपा । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनब...
इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

किरण सुनुवार, गुवायाकिल (इक्वेडर) — अक्टोबर १९, २०२६इक्वेडरका एक पादरीको प्रार्थना सभा (Mass) सञ्चालन गरिरहेको समयमा ढलेको...
फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्...
बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

हिमालको काखमा अवस्थित सुरम्य गाउँहरूमा असोजको शीतसँगै उल्लासको बास्ना छाउनुपर्ने थियो। पाखा-पखेरामा फुलेका सयपत्री, घर...