Skip to main content

नयाँ तृष्णा

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

[adsforwp id="2511"]

काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति आयोजित ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाको प्रतियोगी उनले उपाधि जितेकी हुन् ।

जितपछि प्रतिक्रिया दिँदै सुवासनाले टिम वाङ्देनलाई जसरी पनि जिताउनुपर्छ भन्ने लागेको बताइन् । शोमा पहिलोपटक कोच बनेका वाङ्देनले जितपछि सपनाजस्तो महसुस भएको बताए ।

उनले भने, ‘नाम घोषणा गर्दा सपनाजस्तो फिल भएको छ । यो जित सुवासनाको हो । जसले भोट गर्नुभयो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’

फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार वितरण गरे ।

जितसँगै खड्काले १० लाख रुपैयाँ नगद प्राप्त गरेकी छन् ।

फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना र क्रिएसन रोकाले प्रतिस्पर्धा गरेका थिए ।

यसपछि ‘भ्वाइस अफ नेपाल’ सिजन ८ मा चाँडै दर्शकमाझ आउने जानकारी होस्ट सुशील नेपालले गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...