नयाँ तृष्णा

नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न

Advertisement

झापा । नेत्रहीन संघ झापाको १९औं साधारण सभा, बडादशैं शुभकामना आदानप्रदान तथा चियापान समारोह शनिबार बिर्तामोडमा सम्पन्न भएको छ ।

संघको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उपप्रमुखको नगेन्द्र प्रसाद संरौला प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले नेत्रहीन समुदायको हकहित, अधिकार र आगामी योजनासम्बन्धी विभिन्न विषयमा छलफल गरेका थिए , उपप्रमुख संरौलाले २० हजार नगद समेत सहयोग गरेकाथिय तेस्तै अन्या संगसंस्थाबाट पनि अफिसियली स्टेसनरि लगायत विभिन्न सामग्रि सहयोग प्रदान गरेका थिय

सो अवसरमा बडादशैं तथा शुभदिपावलि र छठ पर्वको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो । साथै, संस्थाले अघिल्लो वर्ष गरेका गतिविधि तथा भावी योजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गरिएको थियो ।

कार्यक्रममा स्थानीय समाजसेवी,बुद्दिजिबि सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

२२ आश्विन २०८२, बुधबार, काठमाडौं । नेपालले मलेसियासँगको टी २० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । चौथो खेल जितेर २–२ बराबरी...
माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

  ईलाम । ईलामको माई नगरपालिका–२ चेप्टीमा बाढीपीडित परिवारलाई राहात सामग्री वितरण गरिएको छ। ईलाम क्षेत्र नं. २ का उपनिर्वा...
माई नगरपालिका अबिरल बर्षाले डुबानमा

माई नगरपालिका अबिरल बर्षाले डुबानमा

    ईलाम को माईनगरपालीकाको वडा न: ६,७,८,१,३,२ लगायत का क्षेत्र डुबानमा परेको छ । सबैभन्दा बडि वडा न: २ मा बाडिल...
बडादशैंको मुख्य दिन आज, टीका लगाउने उत्तम साइत ११:५३ बजे

बडादशैंको मुख्य दिन आज, टीका लगाउने उत्तम साइत ११:५३ बजे

१६ आश्विन २०८२, बिहीबार, काठमाडौं । नेपालीहरूको महान चाड बडादशैंको आज मुख्य दिन, विजयादशमी मनाइँदैछ। नेपाल पञ्चाङ्ग...