काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभापति थापाले आइतार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति रवि लामिछाने तथा सम्पूर्ण रास्वपा परिवारलाई महाधिवेशनको सफलताको शुभकामना दिएका हुन् । थापाले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गरेका छन् । उनले लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका छन् । ‘तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ । यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण…
काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । \कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने जनाएको छ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम…
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशन आज आइतबारदेखि चितवनमा सुरु हुँदैछ । पार्टी स्थापना भएको चार वर्षपछि हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ भने देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ता चितवन पुग्ने क्रम तीव्र बनेको छ । महाधिवेशनका लागि चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रलाई मुख्य स्थल बनाइएको छ । पार्टीले यसलाई आफ्नो संगठनात्मक सुदृढीकरण, नयाँ नेतृत्व चयन तथा भावी राजनीतिक दिशानिर्देशन तय गर्ने ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरेको छ । महाधिवेशनमा देशभरका ६६ जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुने भएका छन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार देशभरबाट करिब ५ हजार ६ सय…