काठमाडौं - नेपालको भविष्य, विकासको दिशा, राजनीतिक सुधार, आर्थिक सम्भावना र प्रविधिको प्रभावबारे बहस गर्न विभिन्न राजनीतिक दलका युवा नेता, नीति निर्माता, अर्थविद्, प्रविधिविज्ञ तथा जेनजी पुस्ताका अगुवाहरू शुक्रबार काठमाडौंमा एकै मञ्चमा भेला हुँदैछन्। नेपाल फ्युचर फोरमद्वारा आयोजित ‘नेपाल फ्युचर फोरम २०२६’ सम्मेलन काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको द ब्लु प्याभिलियनमा शुक्रवार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा नेपालको आगामी दशकको राजनीतिक, आर्थिक, प्राविधिक तथा सामाजिक यात्राबारे गहन छलफल हुने आयोजकले जनाएको छ। सम्मेलनको संयोजन युवा नेता अब्दुस मियाले गर्दैछन् । कार्यक्रमको उद्घाटनपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा. प्रकाश श्रेष्ठ ले “नेपालको आर्थिक सम्भावना : सन् २०३५ सम्मको समृद्धिको दृष्टिकोण” विषयमा प्रमुख मन्तव्य दिनेछन्। उनले लगानी, व्यापार, जलविद्युत्, उद्यमशीलता र नवप्रवर्तनमार्फत नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्। सम्मेलनको अर्को महत्वपूर्ण सत्र “प्रविधि, कृत्रिम बुद्धिमत्ता र नेपालको डिजिटल भविष्य” रहनेछ। यस सत्रमा कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र र प्रविधिमार्फत नेपालले हासिल गर्न सक्ने अवसर तथा चुनौतीमाथि बहस हुनेछ। दिउँसो हुने “लोकतन्त्र, सुशासन र राजनीतिको भविष्य” विषयक उच्चस्तरीय संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा सांसदहरू सहभागी हुँदैछन्। उनीहरूले नेपालको राजनीतिक भविष्य, लोकतान्त्रिक अभ्यास, सुशासन र युवा पुस्ताको भूमिकाबारे धारणा राख्नेछन्। सम्मेलनको विशेष आकर्षणका रूपमा रहेको ‘फ्युचर टक्स’ मा विभिन्न क्षेत्रका जेनजी तथा युवा अगुवाहरूले राष्ट्र निर्माण, नवप्रवर्तन, पत्रकारिता, विपद् व्यवस्थापन, संवैधानिक सुधार, वातावरणीय चुनौती र नयाँ पुस्ताको राजनीतिक सोचबारे प्रस्तुति दिनेछन्। यसअन्तर्गत रवि किरण हमाल ले “पोस्ट जेनजी राजनीति : व्यवधानबाट राष्ट्र निर्माणतर्फ” विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्। कार्यक्रममा अन्य युवा वक्ताहरूले पनि नेपालको भविष्य निर्माणमा युवा पुस्ताको भूमिका र सम्भावनाबारे विचार राख्नेछन्। आयोजकका अनुसार सम्मेलनको उद्देश्य विभिन्न विचार, अनुभव र दृष्टिकोणलाई एउटै मञ्चमा ल्याएर नेपालको दीर्घकालीन भविष्यबारे सार्थक राष्ट्रिय संवादको वातावरण सिर्जना गर्नु हो। सम्मेलनलाई आर्थिक, राजनीतिक, प्राविधिक र सामाजिक रूपान्तरणका लागि आवश्यक दीर्घकालीन सोच र सहकार्यलाई प्रोत्साहन गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पीडितको संरक्षण तथा पुनर्स्थापना तथा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम शुक्रबार झापाको जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, झापाको आयोजनामा तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र भद्रपुर नगरपालिकाको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गर्नुभएको थियो भने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा करिब तीन दर्जन सरकारी तथा गैरसरकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय…
काठमाडौँ, सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो । विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइट https://citizenportal.donidcr.gov.np/ne मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ । सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (नेपाली वा अङ्ग्रेजी), जन्ममिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने…