Skip to main content

नयाँ तृष्णा

Day: २०८२ कार्तिक १८, सोमबार

झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

१७ कार्तिक २०८२, सोमबार, झापा, सिवसताक्षी | झापाको सिवसताक्षी–दूदे रंगशालामा सुरु भएको महिला गोलकप प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले शानदार जीत दर्ता गरेको छ। उद्घाटन खेलमा पुलिस क्लबले चर्च ब्वाइज नेपाललाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। प्रतियोगिताको उद्घाटन सिवसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा रोशनले पानसमा दियो बालेर गर्नुभएको थियो। कार्यक्रममा झापा जिल्लाभरिका विभिन्न पालिकाका प्रमुख, बुद्धिजीवी, समाजसेवी तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा दर्शकहरूको मनोरञ्जनका लागि लिम्बू संस्कृतिको झल्को दिने नृत्य र गायन प्रस्तुति पनि गरिएको थियो। कार्यक्रमको सञ्चालन भुमिका फ्याक लिम्बूले गरेकी थिइन्।
Read More