इलाम । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङगाउँपालिकाको एकै वडाका तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु दुई युवती र एक जना पुरुष रहेका छन् । प्रहरीका अनुसार विषाक्त च्याउ खाँदा माङसेबुङ गाउँपालिका ५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । बिर्तामोडस्थित बिएन्डसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए । मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै मृत्यु भएको थियो । लावतीको भने आज झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो…
झापा । करीब साढे तीन महिनादेखि हराइरहेका मोरङको विराटनगर–८ मथुरा टोल निवासी ११ वर्षीय बालक दिप अग्रवालको सकुशल उद्धार गरिएको छ। काँकरभिट्टा नाकामा कार्यृरत सामाजिक संस्था नव अभियान नेपाल र भारतको कोलकातामा अवस्थित नेपाली दूतावासको संयुक्त पहलमा बालकलाई फेला पारेर आज काँकरभिट्टा इलाका प्रहरी कार्यालयमा ल्याइ उनको दिदी खुसी अग्रवालको जिम्मा दिइएको हो। बालक अग्रवाल हराएपछि विभिन्न निकायमार्फत खोजीकार्य भइरहेको थियो। नव अभियान नेपाल र नेपाली दूतावास कोलकाताको समन्वयमा भएको खोजी तथा उद्धार अभियान सफल भई बालकलाई सुरक्षित रूपमा घर फिर्ता गराइएको नव अभियान नेपाल शाखा काँकरभिट्टाका प्रमुख कुमार बस्नेतले नयाँ तृष्णा डटकमलाई जानकारी दिनुभयो । बालकको पुनर्मिलनप्रति परिवारजनले खुसी…