२२ पुष २०८१, सोमबार मेचीनगर । झापाको मेचीनगरमा रहेको जागृत बाल उद्धार केन्द्र नेपाललाई कृपा फ्रि मेथोडिस्ट चर्चद्धारा खाद्यन्न सामग्री वितरण गरेको छ । केन्द्रमा कुल १३ जना बालबालिका आश्रित छन् । चर्चले प्रदान गरेको राहत सामाग्री चामल ९० केजी,तेल १० लिटर,दाल ५ केजी, चिनी ५ केजी,चिया रंग १ केजी, र मिठाइ २० पकेट गरि १५ हजार ९६० बराबरको राहत केन्द्रका सञ्चालक समितिका अध्यक्ष अम्बर बिष्टले ग्रहण गरेका थिए । अध्यक्ष बिष्टले बालबालिकाप्रति वास्तागरी देखाउनु भएकोे प्रेमकोे कदर गर्दै सहयोगी हातहरुलाई धन्यवाद दिइएका थिए । चर्चका रेभ पास्टर शमूएल तामाङले भन्नुभयो, बाइबल धर्मशास्त्रले अनाथ र बिधुवालाई हेर्नु भनेर लेखिएको बचन…