https://www.youtube.com/watch?v=K36n1mmfquA
२१ मंसिर , मेचीनगर । जनतालाई परेको समस्यालाई छिटो र सहज ढंगले सुरक्षा दिन खटिएका नगर प्रहरीलाई नगरपालिकाले आज गाडी उपलब्ध गराएको छ । विहीबार विहान मेचीनगर नगरपालिका कार्यालयको परिसरमा एक कार्यक्रमको आयोजना गरेर नगर प्रहरीलाई गाडी जिम्मा दिईएको हो । मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतले नगर प्रहरीलाई गाडीको चावी बुझाईएको हो । जिम्मेवारीलाई समयमै कार्यन्वयन गर्न, काममा सहजता होस र जनताका समस्यालाई सहज ढंगले कार्यान्वयन गर्न भनेर नगर प्रहरीलाई सवारी साधन दिएको मेयर बुढाथोकी बताए । उपमेयर उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य…