नयाँ तृष्णा

Day: २०८१ कार्तिक १३, मंगलवार

अवैध मदिरा र कारसहित भारतीय नागरिक पक्राउ

अवैध मदिरा र कारसहित भारतीय नागरिक पक्राउ

१३ कार्तिक, काँकरभिट्टा । भन्सार छलेर नेपालतर्फ आउँदै गरेको ठुलो परिमाणमा अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकरभट्टामा पक्राउ परेका छन् । आज विहान ९ बजे काँकरभिट्टा भन्सार गेट पछाडिबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा सो कारमा फल्स बटम बनाई डिकी लगायतका अन्य भागहरुमा लुकाएको अवस्थामा ब्ल्याक माउन्टेन ह्विस्की २५४ बोतल , सुपर स्ट्रोङ बियर २४ बोतल बरामद गरेको हो । बरामद मदिराको अन्दाजी मूल्य १ लाख ९८ हजार ९०० र गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० को सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई मेची भन्सार कार्यालयमा बुझाइएको…
Read More
लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै  प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

१३ कार्तिक, काठमाडौँ। माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ । युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणि खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन् । त्यस्तै उजुरी पर्नेमा सन्तु दराई, सुक बहादुर रोका, धनबहादुर मास्के, यम बहादुर अधिकारी, तेज बहादुर ओली, गणेशमान पुन, काली बहादुर खाम र महेन्द्र बहादुर शाही रहेका छन् । उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार…
Read More