२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। मन्त्रिपरिषद्का सदस्यहरुले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेस गरेका थिए।
१६ चैत्र २०८२, सोमबार, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद् बैठकले चैत १९ मा संसद अधिवेशन आह्वान सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले चैत १९ दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वानको व्यवस्था छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ,”नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा २०८२ साल चैत १९ बिहीबारका दिन २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै अधिवेशन आह्वान गर्नुभएको छ ।” फागुन २१ को चुनावबाट निर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हो ।
१४ चैत, काठमाडौं । सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने भएको छ । सरकारले शासकीय सुधार गर्न तय गरेको १०० कार्यक्रम अन्तर्गत शैक्षिक गुणस्तरको गिरावट रोक्न दलीय संगठन हटाउने भएको हो । दलीय संगठनको सट्टा विद्यार्थी काउन्सिल राख्ने भएको छ । ‘शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाई ९० दिनभित्र विद्यार्थी काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने,’ सरकारले शासकीय सुधारका लागि भन्दै सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ । विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा विज्ञान तथा…
८ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बालुवाटारमा भेटवार्ता भएको छ। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे । उनले भने, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ, यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालयलाई बधाई र धन्यवाद दिन चाहन्छु ।” सभापति लामिछानेले भने, “यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ ।…
३ चैत्र २०८२, मंगलवार, काठमाडौँ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको जनादेशलाई खेर जान दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले जनादेशलाई खेर जान दिन नहुने उल्लेख गरेका हुन् । रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताएका छन् । पूर्वराष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको उल्लेख गरे । राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सवैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा उहाँकाे जोड थियो ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । १ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ…
टवल । रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। प्रचण्डले आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मत ल्याएर विजयी भएका हुन्। अन्तिम मत परिणाम अनुसार प्रचण्डले १० हजार २४० मत ल्याएका छन्। एमालेका लीलामणि गौतमले ३ हजार ८१ मत पाएका छन्। त्यसैगरि कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन् भने रास्वपाका लखन कुमार थापाले ८१९ मत पाएका छन्। रुकुमपूर्वबाट जम्मा १९ हजार १ सय ८८ मत खसेको थियो।
२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे । यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।
२१ फाल्गुन २०८२, बिहीबार, झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन्। झापा जिल्ला क्षेत्र नं. १ की स्थानीय तुलसा कोइरालाले उक्त मतदान केन्द्रमा मतदान गरेकी हुन्। उनी छोरा र नातिको सहयोगमा मतदान केन्द्र पुगेर मतदान गरेकी थिइन्। उच्च उमेर हुँदाहुँदै पनि मतदानमा सहभागी भएकी कोइरालाको उत्साहले अन्य मतदातालाई पनि प्रेरणा दिएको स्थानीयले बताएका छन्।
२० फाल्गुन २०८२, बुधबार, काठमाडौँ। भोलि हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ। बिहीबार हुने निर्वाचनमा देशभरि नै हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता एवं रमा आचार्यले जानकारी दिइन्। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो। आचार्यका अनुसार बैठकले हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ।