मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को पहिलो सेमिफाइनल खेल आजदेखि शुरु हुँदैछ । फाइनल प्रवेशका लागि बुधबार शनिश्चरे एफसी र रेडहर्ष इलाम आमनेसामने हुँदैछन् । जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको हो भने रेडहर्ष इलामले कञ्चनजंघा एफसी सिलिगुडीलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा हुने खेलको विजेताले फाइनल प्रवेश गर्दै कम्तिमा ६१ हजार सुरक्षित गर्नेछ । भोलिको दोश्रो सेमिफाइनल खेल आयोजक बाहुण्डाँगी युवा क्लब र धाइजन एफसीबीच हुनेछ । खेलको प्लेयर अफ द म्याचको…