Skip to main content

नयाँ तृष्णा

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

[adsforwp id="2511"]

२ साउन,

झापा । प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय बिर्तामोडले आज पत्रकार सम्मेलन गरेर बिर्तामोड–५ स्थित मनकुमार संग्रौलाको दुईतले घरको भुइँतलाको भाडाको दुई वटा कोठाबाट एक लाख क्याप्सुलसहित ठूलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा प्रहरीले अर्जुनधारा नगरपालिका–६ का २५ वर्षीय विनोद घिमिरेलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको सार्वजनिक गरेको छ ।

डीएसपी बिजय श्रेष्ठका अनुसार बरामद भएका लागूऔषध तथा प्रतिबन्धित औषधिहरुमा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल एक लाख तीन हजार ८०० थान, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन एक हजार ८७० थान, ट्रामाडोल एन्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५० थान, डाइक्लोमाइन एचसीएल ट्याब्लेट ९७ हजार ७०० थान, जेनेग्रा एमटी रेड ट्याब्लेट आठ हजार ९०० थान र टर्मिपिल किट्स सात हजार ६५० वटा रहेका छन् ।

‘प्रहरी टोलीले सूचनाका आधारमा भाडाको कोठामा पुगेर हेर्दा ठूलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधिहरु फेला पारेको हो’, श्रेष्ठले भने–‘नियन्त्रणमा लिइएका व्यक्तिलाई भण्डारण, ओसारपसार र वितरण कसुरमा मुद्धा दर्ता गरी कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।’

प्रहरीले बरामदस्थलबाट एउटा मोटरसाइकल र दुई थान मोवाइल समेत नियन्त्रणमा लिएको छ । बरामद भएका प्रतिबन्धित औषधिहरुको कारवाहीका लागि औषधि व्यवस्था विभागसँग समन्वय गरिने श्रेष्ठले बताए ।

‘झापामा लागूऔषध प्रयोगकर्ता र कारावारीको विगविगी बढेको छ’, एसपी राजन लिम्बुले भने–‘यसलाई रोक्न नाकामा झन कडा गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...