Skip to main content

नयाँ तृष्णा

सौर्यको जहाज दुर्घटना छानबिन गर्न सरकारले बनायो समिति

[adsforwp id="2511"]

काठमाडौं ।

सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् ।

समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

त्यस्तै सरकारले विमान दुर्घटनामा निधन भएकाको सम्झनामा विहिबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले जानकारी दिएका छन् ।

साथै सरकारले आगामी दुर्घटना हुन नदिन हाल संचालनमा रहेका विमानको अनिवार्य प्राविधिक परिक्षण गर्ने र नागरिक उडड्यन प्राधिकरणले सो को अनुगमन गर्न निर्देशन दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...