Skip to main content

नयाँ तृष्णा

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा महिलावादीहरुको उद्घोष

[adsforwp id="2511"]

१८ मंसिर,

मेचीनगर । चौरासीमा महिला हुनुपर्छ पहिला, घर चलाउने हातले देश चलाउन सक्छ लगायत नारासहित आज ३३ औँ लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा काँकरभिट्टा बजारमा प्रभातफेरी सहितको कार्यक्रम गरिएको छ ।

र्याली काँकरभिट्टा बजार परिक्रमापछि हनुमान मन्दिर परिसरमा कोणसभामा परिणत भएको हो ।

कोणसभामा कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्र्रेती, अन्तर–पुस्ता महिलावादी मञ्चकी संस्थापक केन्द्रीय सदस्य सरु जोशी, महिला जनचेतना केन्द्र मेचीनगरकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले अब ०८४ सालमा महिलाले वडाध्यक्षदेखि मेयर पदमा जितेर देश हाक्न सबै महिलाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

प्रभातफेरीसहितको र्यालीमा विभिन्न संघ–संस्थाका प्रमुख, प्रतिनिधि, विद्यार्थी, अनुपम अभियानका अभियन्ताहरु लगायतले चौरासीमा महिला, हुनुपर्छ पहिला, घर चलाउनेले देश चलाउन सक्छ, राजनीतिमा महिला पद छ, जिम्मेवारी छैन, लैङ्गिक हिंसा अन्त्य गरौँ, बाल विवाह रोकौँ सभ्य समाजको निर्माण गरौँ, दाइजो होइन शिक्षा दिऔँ, छोरीलाई सक्षम बनाऔँ, घरैबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ, छोरा–छोरीमा विभेद नगरौँ घरायसी काम बराबरी गरौँ लगायतका नारा घन्काइएको थियो ।

केन्द्रले सोही प्रकारको कार्यक्रम धुलाबारी र बिर्तामोडमा पनि भव्यरुपमा मनाएको छ ।

महिला जनचेतना केन्द्रको आयोजना मखमली महिला साकोसको सहआयोजनामा भएको कार्यक्रमको अध्यक्षता महिला जनचेतना केन्दकी अध्यक्ष सिता गुरुङले र सञ्चालन सञ्चारकर्मी सुष्मा राजबंशीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...