Skip to main content

नयाँ तृष्णा

राजनीतिक अस्थिरताको कारण कांग्रेस-एमाले हुन् : राप्रपा

[adsforwp id="2511"]
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै अध्यक्ष लिङ्देनले मुलुकको यो अवस्था आउनु र जनतामा निराशा छाउनुमा कांग्रेस–एमाले नै मुख्य कारक रहेको बताए ।

संख्याको बलमा राजनीतिक स्थिरता प्राप्त नहुने भन्दै उनले पटकपटक बहुमत ल्याएका दलले पनि विगतमा सरकार पूरा समय चलाउन नसकेको चर्चा गरे। त्यसैले राजनीतिक स्थिरताका लागि भन्दै संख्याको बल देखाउनु गलत भएको उनको भनाइ थियो।

‘पटकपटक कांग्रेसले बहुमत ल्यायो। कम्युनिस्ट पार्टीले त करिब दुईतिहाइ मत ल्याउँदा पनि पाँच वर्ष सरकार चलाउन सक्नुभएन,’ उनले भने, ‘त्यसैले संख्या प्रमुख होइन, विचार प्रमुख हो, व्यक्तिको आचरण प्रमुख हो।’

उनले कांग्रेस–एमाले मिलेर सरकार बनाउन लागेको सुन्दा सुरुमा स्वागत गरे पनि पछि नियतमा खोट देखिएको भन्दै उनले विपक्षमा मतदान गर्ने जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...