Skip to main content

नयाँ तृष्णा

धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सरकारको अपिल

[adsforwp id="2511"]

 

काठमाडौँ।

नेपाल सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाली समाजमा लामो समयदेखि कायम रहेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई जोगाउन सबैलाई जिम्मेवार ढंगले व्यवहार गर्न अपिल गरिएको छ।

साथै, सामाजिक सद्भावमा असर पर्ने कुनै पनि गतिविधिमा संलग्न नहुन, उत्तेजनात्मक वा भ्रामक सूचना नफैलाउन तथा त्यस्ता सूचनाबाट प्रभावित नहुन आग्रह गरिएको छ।

विज्ञप्तिअनुसार, साउन १० गते सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि पूर्वी नेपालका केही जिल्लामा देखिएको अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको पनि सरकारले जानकारी दिएको छ। साथै, घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको र उक्त समितिलाई आगामी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको उल्लेख गरिएको छ। समितिले यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसमेत पेश गर्नेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने सरकारको प्रतिबद्धता दोहोर्याइएको छ।

सरकारले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक एकता तथा धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चारमाध्यम र आमजनतालाई सहयोग गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...