Skip to main content

नयाँ तृष्णा

दुर्गा प्रसाईंका दाजु महेन्द्र प्रसाईं मृत भेटिए, मृत्यु शंकास्पद

[adsforwp id="2511"]

बिर्तामोड, ७ भदौ । बिर्तामोड स्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् ।

अर्जुनधारा नगरपालिका-६, महानन्द चौक निवासी प्रसाई बिर्तामोड-१ का नरेन्द्र मैनालीकाे घरमा विहान झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले प्रसाईं मैनालीकाे घरकाे सिलिङ फेनकाे हुकमा झुन्डिएको अवस्थामा फेला परेकाे जानकारी दिए ।

मैनाली भने केही समयदेखि काठमाडौँ बस्दै आएका छन् । प्रसाईं मैनालीको घरको दोस्रो तलाकाे अफसि काेठामा झुण्डिएका छन् ।

डीएसपी चन्दका अनुसार अनुसन्धान भइरहेकाे छ । पाेष्टमाटर्म रिपोर्ट आएपछि थाहा हुने छ । बीएण्डसी अस्पतालका संस्थापक शेयर सदस्य रहेका थिए ।

मृतक प्रसाईले यसअघि भ्रष्टाचार विरोधी अभियान पनि सञ्चालन गरेका थिए । मैनालीले प्रसाईको करोडौँ ऋण नतिरेको भनाइ छ । प्रसाई घर जग्गाको व्यवसाय गर्दै आएका थिए ।

श्राेतका अनुसार मैनालीले प्रसाईसहित बिर्तामोड र आसपासका व्यवसायीको दुई अर्ब भन्दा बढी रकम लिएर काठमाडौं बस्दै आएको बताइएकाे छ । मैनालीकाे घरमा गएर प्रसाईले आत्महत्या गर्नुकाे कारण रहस्यमय रहेकाे स्थानीयकाे भनाई छ ।

मैनालीले हाइड्राे पावरमा लगानी गर्ने भनेर प्रसाईं लगायत धेरै जनासँग पैसा लिएकाे श्राेतकाे भनाई छ । मैनालीले त्यसबाहेक अढाई कराेड प्रसाईसँग लिएकाे श्राेतकाे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...