Skip to main content

नयाँ तृष्णा

झापाली इसाई समुदायको ऐतिहासिक दस्तावेज स्मारिका बितरण, श्रष्ठा व्यक्तित्वहरुमा सम्मान

[adsforwp id="2511"]

मेचीनगर । झापा इसाई समाजमा योगदान पुर्याउनु हुने रेभ.एनोस गजमेर र गुरुआमा शान्ति गजमेरलगायत अन्य धेरै व्यक्तित्वहरु सम्मानित भएका छन् । बिहिबार झापाली इसाई समुदायको ऐतिहासिक दस्तावेज स्मारिका बितरण कार्यक्रममा रेभ गजमेर दोसल्लहा साथै कदर पत्रद्धारा र शान्ति गजमेर दोसल्लहा र सम्मानपत्रद्धारा सम्मान गरेका हुन् ।

२०६० देखि ०६७ सम्म झापा जिल्ला ईसाई समाजको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारीमा रहि सफलतासाथ समाजमा अतुलनीय योगदान दिनुभएकोमा रेभ.एनोसलाई सम्मानसहित कदर पत्र समाजले प्रदान गरेको हो ।

त्यस्तै झापा इसाई समाज महिला समिति, झापा इसाई समाज युवा समिति, बिर्तामोड नगर इसाई समाज, दमक नगर इसाई समाज, मेचीनगर इसाई समाज, बुद्धशान्ति ख्रीष्टियन समाज, शिवसताक्षी नगर इसाई समाज, कनकाई नगर इसाई समाज, भद्रपुर नगर इसाई समाज, कमल इसाई समाज, कचनकवल इसाई समाज, गौराहदह नगर इसाई समाज, अर्जुनधारा नगर इसाई समाज, बाह्रदशी गाउँ इसाई समाज, झापा गाउँ इसाई समाज, गौरीगञ्ज इसाई समाज, बाहुन्डाँगी इसाई समाज, ख्रीष्टियन एकता समाज, शान्तिनगर इसाई समाजलगायतलाई प्रमाण पत्र र झापाली इसाई समुदायको ऐतिहासिक दस्तावेज स्मारिका प्रदान गरेका छन् ।

त्यसैगरी लेखक तथा साहित्यकार चन्द्रकुमार थुलुङ्ग राई, बिरेन्द्र सुब्बा, पा मुक्ति किराँती थुलुङ्ग, होमराज राई, पा.जयकुमार चाम्लिङ्ग, एल्डर ताराप्रसाद दाहाल, पा. धिरज न्यौपाने र पा.सतालसिंह राजवंशीलाई सम्मानस्वरुप ऐतिहासिक स्मारिका प्रदान गरेका छन् । भने स्मारिका प्रकाशन समितिहरुमा सम्पादक पा. राजु चाम्लिङ्ग, संयोजक पा.आकाश थुलुङ्ग, सदस्यहरु पा. बीरबहादुर तामाङ्ग, पा.धिरज न्यौपाने, डि. होमराज राई र संरक्षक रेभ.जीवनराज भण्डारी, रेभ.तारा कुमार तामाङ्ग, रेभ. एनोस गजमेर र ए.रमेश गुरुङ्गलाई पुस्तक,मायाको चिनो र सम्मान पत्रद्धारा धन्यवाद तथा सम्मान गरेका छन् ।

सल्लाहकार समितिहरु संयोजक रेभ. एन.डी थुलुङ्ग, सदस्यहरु रेभ जयकुमार राई,पा. बिजय चाम्लिङ्ग,पा.पदम थुलुङ्ग, रेभ. गोपाल खनाल,पा. डि.बी.चाम्लिङ्ग, पा. दिपक राई, पा. तिमोथी राई, पा. भिक्टोर सुनुवार र आर्थिक ब्यवस्थापन समितिहरु संयोजक पा.राजु खड्का कोषाध्यक्ष ए.सन्तोष राई,पा राजेन्द्र धिमाल, पा.मर्कूस राईडि.लक्ष्मी बहादुर सुव्वा प्रचार–प्रसार समितिहरु पा.पुष्प घले,पा. अम्बर कन्दङ्वा, पा. सिलास राई, पा.धनकुमार बेघा र पा.जगन्नाथ पौडेल पुस्तक साथै सम्मान पत्रले सम्मान गरेका छन् ।

समाजका अध्यक्ष पास्टर अम्मर बहादुर आलेको अध्यक्षतामा तथा पास्टर राजकुमार राईको संयोजकत्वमा भएको ऐतिहासिक कार्यक्रममा पास्टर जगन्नाथ पौडेल, पास्टर पुष्प घले, पास्टर राजु खड्का, एल्डर रमेश गुरुङ्ग,पास्टर भिक्टर सुनुवार, रेभ.इसाहक सिन्चुरीलगायतले मन्तब्य राखेका थिए भने पास्टर राजु चाम्लिङ्गले सञ्चालन गरेका कार्यक्रममा संयोजक पास्टर राजकुमार राईले समिति बिघटन भएको घोषण गरे ।

आसन्न आठौं बार्षिक सम्मेलन

झापा इसाई समाज बिघटन पश्चात निर्वाचन समिति गठन गरेका छन् । बिहिबार रेभरेण्ड गोपाल खनालको संयोजकत्वमा ५ सदसीय समिति चयन गरेका छन् । सदस्यहरुमा पास्टर गंगा आले, पास्टर राजकुमार राई, रेभ.एनोस गजमेर र पास्टर ताराकुमार तामाङ्ग रहेका छन् । आठौं बार्षिक सम्मेलन तथा दोस्रो अधिवेशनमा हुने निर्वाचन तयारीका लागि निर्वाचन समितिले असोज १७ गते आठौ बार्षिक सम्मेलन गर्ने छ ।

बिधान संशोधन मसौदा समिति

झापा इसाई समाजको बिधान मसौदा संशोधन समिति गठन गरेका छन् । पास्टर आकाश थुलुङ्गको संयोजकत्वमा ५ सदसीय समिति चयन गरेका छन् । सदस्यहरुमा पास्टर मर्कूस राई, एल्डर रमेश गुरुङ्ग,पास्टर राजु चाम्लिङ्ग र पास्टर बीरबहादुर तामाङ्ग रहेका छन् ।
यस संशोधन समितिले बिशेष बुँदाहरुमा शुष्मढंगले संशोधन गर्ने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...