Skip to main content

नयाँ तृष्णा

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ७८८ पुग्यो, अझै २,५०० जना सम्पर्कविहीन

[adsforwp id="2511"]

१४ भाद्र २०८३, आईतवार ,

काठमाडौं।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७८८ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न आठ जिल्लाबाट ७८८ जनाको शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० जनाको मृत्यु भएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्पछि अझै झन्डै २ हजार ५०० जना सम्पर्कविहीन रहेका छन्।

प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यलाई थप तीव्र बनाइएको जनाइएको छ।

विपद्का कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाको काम जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेश...
मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश...
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहे...
पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूम...