Skip to main content

नयाँ तृष्णा

बालबालिकामाथि यौन हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया

[adsforwp id="2511"]

 

काँकरभिट्टा। बालबालिकामाथि हुने यौनजन्य हिंसाको रोकथाम, बाल संरक्षण तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्यले “बालबालिकामाथि हुने यौनजन्य हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम” शुक्रबार काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ।

अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाले बालबालिकासम्बन्धी ऐन, नीति तथा कार्यविधि शीघ्र जारी गर्नुपर्ने विषयमा सहभागीहरूले विशेष जोड दिएका थिए। बाल संरक्षणजस्तो संवेदनशील विषयमा स्थानीय सरकार अभिभावकीय भूमिकामा रहेर प्रभावकारी नेतृत्व, आवश्यक सहयोग तथा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा वक्ताहरूले व्यक्त गरेका थिए।

कार्यक्रममा सिडिएफका अध्यक्ष सोमराज ढकाल, अनुसन्धानकर्ता गोविन्द न्यौपाने, एमजेकेकी अध्यक्ष सीता गुरुङ, भुवन सुब्बा, नव अभियान नेपालका डिल्लीराम थापा मगर, साहसी महिला नेपालका होमराज राई, साना हातहरू नेपालका दीपक पौडेली, सिडीएफका दीपक ढकाल, पत्रकारहरू सन्तोष आचार्य, विमर्श उप्रेती, मुकुन्द शिवाकोटी, विनोद राजवंशी लगायतले बाल संरक्षण, बाल अधिकार तथा यौनजन्य हिंसा रोकथामका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।

बाल जागरण मञ्च नेपालको आयोजनामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदन अधिकारीले गरेका थिए भने कार्यक्रम संयोजक खुशी लोहारले कार्यक्रमको उद्देश्य तथा औचित्यमाथि प्रकाश पारेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेश...
मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश...
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहे...
पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूम...