Skip to main content

नयाँ तृष्णा

क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित

[adsforwp id="2511"]

काठमाडौँ / एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज अफगानिस्तानविरुद्ध नेपालले ५ विकेटको जित हात पारेको छ।  टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी हुँदै पूरा गरेको हो। 

नेपाललाई जित दिलाउन सन्दिप जोराले ३४ र रोहित पौडेलले ३३ रनको योगदान गरे। 

कुशल भुर्तेल शून्य रनमै आउट भए भने आसिफ शेख पनि २ रन बनाएर पेभेलियन फर्किए। त्यसपछि आएका जोराले ३५ बलमा ३४ रन बनाएर रनआउट हुनपुगे। 

कुशल मल्ल पनि ९ रनमा रनआउट भए। रोहितले ३२ बलमा ३३ रन हाने। दीपेन्द्र सिंह ऐरीले १८ बलमा १५ रन जोडे भने गुल्सन झाले १ बलमा १ रन लिँदै नेपाललाई जित दिलाए। 

नेपाललाई अफगानिस्तानले ९ अतिरिक्त रन दियो। 

बलिङतर्फ अफगानिस्तानका फारिदुन दावुदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले समान १ विकेट झारे।

अफगानिस्तानले सुरुवात राम्रो गर्न सकेन। पहिले ब्याटिङ गरेको अफगानिस्तानका ओपनर मोहम्मद अक्रमले ८ बलमा २ रन मात्र बनाउँदा अर्का ओपनर हसन आइसाखिलले २ बल खेलेर शून्य रनमा आउट भए। उसका लागि करिम जनत ९, फैजल खान अहमदजाइ ३०, नजिबुल्लाह जाड्रान ३०, मोम्मद इशकले ७ रनको योगदान गरे। नटआउट नानगेयलिय खानले १७ रन तथा अब्दुल्लाहक अहमदजाइले १ रन बनाए। नेपालले ६ अतिरिक्त रन दिएको थियो। 

बलिङतर्फ नेपालका ललित राजवंशी र कुशल भुर्तेलले ३ र ४ विकेट लिए। कसिलो बलिङ गरेका ललितले १३ रन मात्र खर्चिए भने भुर्तेलले २१ रन दिए। 

अब नेपालले भोलि जापानसँग खेल्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

४ कार्तिक २०८३, बुधबार , झपा । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनब...
इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

किरण सुनुवार, गुवायाकिल (इक्वेडर) — अक्टोबर १९, २०२६इक्वेडरका एक पादरीको प्रार्थना सभा (Mass) सञ्चालन गरिरहेको समयमा ढलेको...
फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्...
बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

बगर बनेको जिन्दगी, नीरव सन्नाटा र आँसुको दशैं

हिमालको काखमा अवस्थित सुरम्य गाउँहरूमा असोजको शीतसँगै उल्लासको बास्ना छाउनुपर्ने थियो। पाखा-पखेरामा फुलेका सयपत्री, घर...