Skip to main content

नयाँ तृष्णा

आजदेखि चलनचल्तीमा आउँदै नयाँ डिजाइनको ५० रूपैयाँको नोट

[adsforwp id="2511"]

काठमाडौं, नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको हो।

राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा संकेत नं. ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्म भएका नोट जारी गरिनेछ।

नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याउने उल्लेख छ।

नयाँ नोटको अगाडिको भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। पानी छापको मुनी ‘५०’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ।

नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

त्यस्तै, १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षा धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र उक्त धागोमा ‘NRB’ लेखिएको छ।

नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ।

 त्यसको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ भने तल्लो भागमा ‘RUPEES FIFTY’ र सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको छ।

राष्ट्र बैंकले यसअघि २०७७ साल असार २२ गतेदेखि रुपैयाँ ५० दरको (सिरिज २०१९) बैंकनोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो।

 उक्त नोटमा उल्लेखित संकेत नम्बरमध्ये ज ८९, ०००००१ देखि ट २३, ९००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...
काँकरभिट्टामा श्रमदानबाट श्रम संस्कृति पार्टीको कार्यालय भवन निर्माण सम्पन्न

काँकरभिट्टामा श्रमदानबाट श्रम संस्कृति पार्टीको कार्यालय भवन निर्माण सम्पन्न

काँकरभिट्टा, झापा ​झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टामा श्रम संस्कृति पार्टीको वडा कार्यालय भवन निर्माण कार्...
विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

 काठमाडौँ , नेपाल यू-१९ महिला क्रिकेट टोली आगामी आईसीसी महिला यू-१९ टी-२० विश्वकप तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय...