Skip to main content

नयाँ तृष्णा

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

[adsforwp id="2511"]

मेचीनगर, असार २४।


झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणि ओली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङ वरिष्ठ अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष बिना तामाङ तथा सबिना तामाङ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

संस्थाका सचिव छत्रबहादुर राई (होमराज) ले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भीमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रलादमणि ओली ले “कुनै पनि ढुङ्गामा दान वा भेटी चढाउनुभन्दा असहाय तथा अनाथ बालबालिकाको शिक्षा, पालनपोषण र उज्ज्वल भविष्यका लागि सहयोग गर्नु नै सबैभन्दा पवित्र सेवा हो” भन्नुभयो। उहाँले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यस्ता संस्थालाई सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उक्त अवसरमा संस्थाको संरक्षण, भवन निर्माण, शिक्षा, सीप विकास तथा अन्य सामाजिक कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने ६५ जना सहयोगी दाता, पूर्व कार्यसमितिका पदाधिकारी, ज्येष्ठ नागरिक, प्रशिक्षक तथा विभिन्न सहयोगी व्यक्तित्वहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारी ले संस्थाको स्थापना कालदेखि सहयोग गर्ने सबै दाता, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि असहाय तथा अनाथ बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

 काठमाडौँ , नेपाल यू-१९ महिला क्रिकेट टोली आगामी आईसीसी महिला यू-१९ टी-२० विश्वकप तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय...
आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

४ कार्तिक २०८३, बुधबार , झपा । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनब...
इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

किरण सुनुवार, गुवायाकिल (इक्वेडर) — अक्टोबर १९, २०२६इक्वेडरका एक पादरीको प्रार्थना सभा (Mass) सञ्चालन गरिरहेको समयमा ढलेको...
फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

फ्रान्समा दंगापछि आंशिक कर्फ्यु, २ हजार व्यवसाय प्रभावित

पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्...