Skip to main content

नयाँ तृष्णा

इजरायलको आक्रमणबाट गाजामा ४० हजारभन्दा बढीको मृत्यु, ९२ हजार घाइते, ६० प्रतिशत भौतिक संरचना ध्वस्त

Advertisement

काठमाडौं । इजरायलले १० महिनायता गाजा क्षेत्रमा गरेको आक्रमणमा ४० हजारभन्दा धेरैको ज्यान गएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार ९२ हजार जना घाइते भएका छन् ।

हमासको स्वास्थ्य मन्त्रालयले विहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजार ५ जनाको मृत्यु भएको छ । गाजाको कूल जनसंख्या २३ लाख छ ।

गाजा क्षेत्रमा ६० प्रतिशत भौतिक संरचना ध्वस्त भएका छन् । स्याटलाइट तस्वीर हेर्दा सबैभन्दा धेरै भौतिक क्षति दक्षिणी शहर रफाहमा भएको छ ।

गत वर्षको ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भएपछि  आक्रमण थालेका  इजरायलले अहिले पनि त्यसलाई कायमै राखेको छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त कार्यालयका प्रमुख वोल्कर टर्कका अनुसार गाजा क्षेत्रमा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् ।

गाजामा हृदयविदारक अवस्था रहेको भन्दै उनले भनेका छन्, ‘यस्तो हृदयविदारक अवस्था इजरायली सेनाले युद्धको नियम पालना नगर्दा उत्पन्न भएको हो ।’

उनका अनुसार गाजामा औसतमा दैनिक १३० जना मानिसको मृत्यु हुने गरेको छ । इजरायली सेनाले घर, अस्पताल, स्कुल र धार्मिक प्रार्थना स्थलमा समेत आक्रमण गरेको भन्दै उनले यसलाई निकै गम्भीर  भनेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयले युद्ध बन्द गर्न र बन्धकहरुलाई रिहा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...